शेरेको प्रेमकथा:(must read) (Heart - TopicsExpress



          

शेरेको प्रेमकथा:(must read) (Heart Touching) एक साँझ शेरे र सन्ध्या पार्क मा बसिरहेका थिए …. शेरे : मेरो बिचारमा यो संसारमा हामी मात्र बाँकि होलाऊ एक्ला मान्छे ... सन्ध्या : मलाई पनि त्यस्तै लाग्छ मेरा पनि सबै साथीहरुको boyfriend छन हामी २ मात्रै बाँकि छौ सायद ,जसको कुनै बिशेस मान्छे नहोस शेरे :हुन त हो नि तर के गर्ने ./?? सन्ध्या :मलाई थाहा छ ! हामी एउटा game खेल्ने त ? शेरे : कस्तो game? सन्ध्या : ३० दिनको लागि म तिम्रो girlfriend अनि तिमि मेरो boyfriend मानौ न time pass हुन्छ नि ! शेरे: अँ... यो planning पनि ठिकै हो … मेरो पनि २/४ हप्ता काम छैन ठिकै हुन्छ (game शुरु हुन्छ) पहिलो दिन : तिनीहरु संगै बसेर रोमान्टिक फिल्म हेर्छन अनि रोमान्टिक कुरा पनि गर्छन (दिन बित्दै जान्छ ) चौथो दिन : beach मा गएर पिकनिक खान्छन ..game चल्दै जान्छ १२ औ दिन : केटाले केटीलाई सर्कस हेर्न बोलाऊछ अनि तिनीहरु भूतको फिल्म पनि हेर्न जान्छन ….फिम हेर्दै जादा सन्ध्या डराउछे अनि झुक्किएर अरु कसैको हात पनि समाऊछे अनि हासछन् दुवै जना १५ औ दिन : उनीहरुले एकजना ज्योतिषीलाई भेटछन् र आफ्नो पनि भबिष्य हेरिदिन भन्छन,ज्योतिष “तपाईहरुको जिबनको समय ज्यादै मुल्यवान छ समय बर्बाद नगर्नुहोला … जति सक्दो धेरै समय एक अर्काको लागि बिताउने कोशिस गर्नुहोला ” ज्योतिष चुपचाप हुन्छ २०औ दिन : सन्ध्याले शेरेलाई पहाडी इलाकामा घुम्न बोलाऊ छे...अनि पहाडी इलाका हरुमा मज्जाले रमाउ छन् दुबैजना साँझ पख उनीहरुले खसेको तारा पनि देख्छन ....सन्ध्याले केहि कुरा माग्छे ....खसेको तारा संग २८ औ दिन : तिनीहरुले बसको यात्रा गर्छन खाल्टा खुल्टी भएको कारण ले केटीले केटोलाई चुम्न पुग्छे दुवै मुस्कुराउछन .. २९ औ दिन : 11.३७ pm दुवै जना त्यहि पार्कमा बस्छन जहाँ बाट उनीहरुले ३० दिन को game खेल्न शुरु गरेका थिए … शेरे :म निकै थाके सन्ध्या… तिमि चिसो पिउछौ ?म एउटा किनेर ल्याउछु .. यहि तल दोकान बाट लिएर आउछु है त सन्ध्या : apple जुस लेउ अरु पर्दैन शेरे : पर्ख है त म आइहाल्छु …. २० मिनेट पछी … कुनै अपरिचित मान्छे आयो अपरिचित मान्छे : के तपाई शेरेको साथी हो l? सन्ध्या : हो किन ? के भयो र ? अपरिचित मान्छे : एउटा रक्सि खाएर चलाउदै गरेको driver को ट्रकले उहाँलाई ठक्कर दिएको छ र उहाँ अहिले अस्पतालमा हुनुहुन्छ ११:५७ pm डाक्टर अप्रेशन कक्ष बाट बाहिर आउछ एउटा apple जुस लिएर डाक्टर :शेरेको गोजीमा थियो( संगै एउटा पत्र पनि सन्ध्या लाई दिन्छ ) सन्ध्या उक्त पत्र पढ्छे : सन्ध्या …,हामीले जति दिनहरु संगै बितायौ असाध्यै रमाइलो भयो वास्तवमा तिमि साच्चै नै मजाकी मान्छे होउ थाहा छैन कतिबेला म तिम्रो मायामा परिसकेछु .. तिमि जति बेला पनि एक सुन्दर मुस्कुराहट छाडथ्यौ जति जति बेला हामी game खेल्थ्यौ …..हाम्रो game सकिनु अगावै तिमीलाई मेरो बनाउन चाहन्छु अन्तिम समय सम्म …. I love you सन्ध्या …. सन्ध्या उक्त चिट्ठी पोको पार्छे र चिच्याउछे: “शेरेl !तिमि मलाई छोडेर नजाउ please … I love you…याद छ त्यो रात जुन दिन हामीले खसेको तारा हेरेका थियौ ,अनि मैले केहि कुरा माँगेको थिए …मैले हामी दुइ सँधै भरि संगै हुन पाऊ भनेर माँगेको थिए अनि यो हाम्रो game कहिल्यै नसकियो भनेर मागेको थिए . Please मलाई एक्लै छोडेर नजाउ शेरे …. I love you! तिमीले मलाई यस्तो गर्न सक्दैनौ !” अनि घडीमा १२ बज्छ शेरेको मुटु पनि धड्किन छोड्छ … र ३० औ दिन पनि पुरा हुन्छ ! game पनि सकिन्छ
Posted on: Tue, 09 Jul 2013 05:01:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015