श्रीमान विदेशमा, श्रीमती - TopicsExpress



          

श्रीमान विदेशमा, श्रीमती अर्कैको अंगालोमाभएभरको सम्पत्ति लिएर ‘प्रेमी’ टाप श्रीमान विदेश रहेको मौका छोपी अर्कै पुरुषको प्रेममा फसेकी एक महिला उनैबाट ठगिएकी छन् । ती व्यक्तिले नगद र गरगहना चोरी गरेको भन्दै पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी छन् । उजुरीका आधारमा प्रहरीले उनकी ‘प्रेमी’ लाई पक्राउ गरेको छ । प्रसंग भक्तपुरका राजु तामाङ र लाजिम्पाट बस्ने दालचिनीकुमारी कार्कीको हो । कार्कीका श्रीमान विदेशमा छन् । यसैबीचमा उनी र तामाङबीच तीन महिनादेखि प्रेम चल्यो । उनी बारम्बार कार्कीको कोठामा जान थाले । अधिकाँश रात त्यहीँ सुते पनि । कार्की भने न्युरोडको एक डान्सबारमा कार्यरत छिन् । विश्वासकै भरमा उनले तामाङलाई कोठाको चाबी पनि दिए । तामाङ उनी नभएको बेला पनि कोठामा जान्थे । तामाङ आफू नभएको बेला पनि कोठामा जानुको कारण भने उनले धेरै पछि मात्र थाहा पाइन् । थाहा पाउञ्जेलसम्म उनको कोठाबाट धेरै सामान हराइसकेको थियो । सामान हराएपछि उनले प्रहरी समक्ष उजुरी दिइन् । उनकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । तामाङ युवतीहरुसँग नजिकिएर उनीहरुलाई प्रेम जालमा पार्दै चोरी कार्यमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ । कार्की नभएका बेला आफूले उनको डेरामा गएर नगद मात्र नभई दराज फुटाएर करिब पाँच तोला सुनलगायतका सरसामान चोरेको वयान तामाङले प्रहरीलाई दिइसकेका छन् । कर्कीले पनि नगद ५० हजार रुपैयाँका साथै आफ्नो करिब पाँच लाख रुपैयाँ तामाङले चोरी गरेको उजुरी प्रहरीमा दिएकी छन् । चोरी गरेको केही रकम तथा गहनासमेत प्रहरीले उनको साथबाट बरामद गरेको छ । उनले चोरी गरेको रकम आफूले क्यासिनो र डान्सबारमा गएर सिध्याएको बताएका छन् । युवतीको एटिएमको पिन नम्बरसमेत थाहा पाएर उनले एटिएमबाट समेत पटक–पटक रकम निकालेका थिए । २९ वर्षीय तामाङ बेरोजगार युवा हुन् । क्यासिनो र डान्सबार जाने नसामा आफूले चोर्न सुरु गरेको उनले बताएका छन् ।
Posted on: Sun, 01 Sep 2013 19:05:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015