साफ फुटबलः सेमिफाइनलमा - TopicsExpress



          

साफ फुटबलः सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी अफगानिस्तान - काठमाडौ, भदौ २१ – साफ च्याम्पियनसिप फुटबल अन्तर्गत सेमिफाइनलमा नेपालको भेट अफगानिस्तानसँग हुने भएको छ ।शुक्रबार माल्दिभ्ससँग गोल रहित बराबरी खेलेर अंक बाँडेपछि अफगानिस्तान उपविजेता हुँदै सेमिफाइनल पुगेको हो । नेपाल समूह ए को विजेता भएकाले फाइनल प्रवेशका लागि उसले समूह बी को उपविजेता अफगानिस्तानलाई प्रतिद्वन्दी पाएको हो । समूह विजेता माल्दिभ्सले भने फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ ।माल्दिभ्स र अफगानिस्तान दुबै टोलीले दुई खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेका छन् । तर गोलसंख्या माल्दिभ्सको धेरै भएकाले उ समूह विजेता भएको हो ।नेपाल र अफगानिस्तानवीचको सेमिफाइनल खेल आइतबार बेलुकी हुनेछ । अघिल्लो साफको सेमिफाइनलमा खेलको अन्त्यतिर गोल खाँदै नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।शुक्रबार नै भएको समूह बीको खेलमा श्रीलंकाले भूटानलाई ५–२ गोलले हरायो । यी दुवै टीम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।माल्दिभ्स र अफगानिस्तानसँग हारेको श्रीलंकाले सान्त्वना जित हासिल गर्‍यो । भूटानले भने प्रतियोगिताका तीनै खेलमा हारेर १६ गोल खायो । उसले चार गोल फर्कायो । श्रीलंकाले पनि १५ गोल खायो ।
Posted on: Fri, 06 Sep 2013 13:37:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015