संसारका ख्यातिप्राप्त - TopicsExpress



          

संसारका ख्यातिप्राप्त ११ पादरीहरुले इस्लाम स्वीकार गरे संसारका सात देशहरुका ११ ईसाई पादरीहरु र धर्मप्रचारकले इस्लाम स्वीकार गरेको तथ्य पाइन्छ। विचार गर्नुपर्ने कुरा यो छ कि ईसाईयतमा गहिरो आस्था राख्नेवाला यी ईसाई धर्मगुरु आखिर इस्लाम स्वीकार गरेर मुसलमान किन बने ? आज जहां इस्लामको विषय लिएर संसारभरमा गलत भ्रमहरु छ र फैल्याई रहेका छन्, यसले यो सन्देश दिन्छ कि इस्लाम त्यस्तो होइन जस्तो अरु धर्मका व्यक्तिले नबुझी दुष्प्रचार गरिरहेका छन्। यो लेख पढेपछि तपाईलाई थाहा हुन्छ कि यी ईसाई पादरी आफ्नो धर्मको प्रचारमा जुटेका थिए र यिनीहरुमा त कोही यस्ता थिए जुन मुसलमानहरुलाई ईसाईयततर्फ दावत दिइ रहेका थिए। जब इस्लामको बारेमा सत्य यिनको सामने आयो तब यिनीहरुले इस्लाम स्वीकार गरे। आज इस्लाम कुबूल गर्ने एक उच्चकोटीका धर्मगुरुहरु मध्ये सबै भन्दा धेरै ईसाई पादरीहरु नै छन्। ईसाई धर्मज्ञाताहरुले इस्लामलाई अंगाल्ने बारेमा कुरआनमा आज भन्दा चौदसय बर्ष पहिले नै उल्लेख गरेको छ। विचार गर्नुहोस् कुरआनको यी आयतहरुमा- (हे पैगम्बर !) तपाईले ईमानवालाहरुसँग धेरै दुश्मन गर्ने यहूदी र मुशरीकलाई पाउनु हुनेछ र मित्रताको दृष्टिकोणले मोमिनहरुको नजीकमा ती मानिसहरुलाई पाउनु हुनेछ जसले भन्दछन् कि हामी ईसाई हौं। यो यसकारण कि ईसाईहरुमा धेरै विद्वान र धर्म विद् पनि र तिनीहरु घमण्ड गर्दैनन्। जब उनीहरु पैगम्बरमाथि अवतरण भएको किताबका कुरा सुन्दछन् तब तिमीले देख्ने छौ कि उनको आँखाबाट आंशु छल्किन लाग्दछ । यसकारणले कि उनले सत्यलाई पहिचान गरिसके। उनीहरु भन्दछन् – “हे हाम्रा पालनकर्ता ! हामीले ईमान ल्यायौ।” तपाई हाम्रो नाम पनि गवाही दिनेवालाहरुको नामसित लेखिहाल्नुस् । (5 : 82-83)
Posted on: Thu, 12 Sep 2013 07:56:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015