सरिताको प्रवक्ता - TopicsExpress



          

सरिताको प्रवक्ता गुप्तचर ! **************** १४ असोज, काठमाण्डौं । सद्भावना पार्टीका अनेक घटकमध्ये एक घटककी नेतृ सरिता गिरीले आफ्नै पार्टीका प्रवक्ता गोविन्द साहलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिरे रहेको अरोप लगाएकी छन् । केही दिनअघि शान्तिबाटिकामा अनसन बस्दा प्रवक्ता साहले नै सूचना दिएपछि गिरीले उनलाई गुप्तचर संस्थाको जागिर भएको आरोप लगाएकी हुन् । प्रवक्ता साहलाई सद्भावना पार्टीका राजेन्द्र महतोले आर्थिक जोहो गरी परिचालन गरी उनका विरुद्ध परिचालन गरेको गिरीले भन्दै आएकी छिन् । गिरीले साहतिर संकेत गर्दै उ राअको केटो भन्ने कुरा प्रवक्ता बनाएपछि मात्र थाहा पाए भनेको उनलाई उदृत गर्दै नेपाल सद्भावना पार्टीका एक नेताले बताएको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ । नेतृ गिरीले अनुसन्धानको केटो भनेकोबारेमा प्रवक्ता साहले पहिला मैले सुनेको छैन भने । तर, पछि यसबारेमा केही दिनमा सबै कुरा थाहा पाउनुहुन्छ भनेर पन्छिए । २०६४ को संविधानसभा निर्वाचनमा जेलमा रहेका श्यामसुन्दर गुप्ताले दुःख गरेर समानुपातिक भोट ल्याएपछि मुद्दा हालेर पार्टीमा हैकम जमाई आफूसहित मोती दुगडसँग लाखौ रुपैयाँ लिएर सभासद बनाएकी गिरी यो चुनावमा नामोनिसान मेटिने भएपछि अनेक स्टन्टबाजीमा उत्रिएको एक मधेसी नेताले बताए । हाल गिरी बुद्धको बारेमा विवादास्पद भनाई ट्वीट गरेवापत विवादमा परेकी छन् ।
Posted on: Mon, 30 Sep 2013 08:40:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015