० मेची-महाकाली राष्ट्रिय - TopicsExpress



          

० मेची-महाकाली राष्ट्रिय जागरण अभियानको आज पाँचौं दिनसम्म आइपुग्दा जनताको उत्साहपूर्ण र व्यापक सहभागिता । म यसक्रममा ४६ वटा जनसभाहरुमा सहभागी भएर कपिलवस्तुको चन्द्रौटासम्म पुगेर अन्य काममा लागेको छु ।अभियान जारी छ । ० भोलिदेखि शुरु हुने भनिएको वैद्य समुहको नेपाल वन्द दुर्भाग्यपूर्ण । अरु वेला शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार भए पनि दशौं हजारको वलिदानबाट प्राप्त संविधानसभाको चुनाव भँाड्ने गरी गरिएको यो विरोध कार्यक्रमले क्रान्ति होइन प्रतिक्रान्तिको मात्र सेवा गर्छ । त्यसैले यसको अवज्ञा गरेर संस चुनाव सफल पार्नु सबै क्रान्तिकारीहरु र संघीय गणतन्त्रवादीहरुको साझा कर्तव्य हो ।
Posted on: Sun, 10 Nov 2013 17:34:52 +0000

© 2015