४० वर्षमा नेपाललाई - TopicsExpress



          

४० वर्षमा नेपाललाई विश्वकै धनि देश बनाउँछौं : भट्टराई भदौ ८ – एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले अवको चुनावमा माओवादीले बहुमत ल्याए ४० वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने दावी गर्नुभएको छ । लमजुङमा भएको कार्यक्रममा भट्टराईले १० वर्षमा नेपालको गरिबी र बेरोजगारी अन्त्य गर्नुका साथै २० वर्षमा मध्यमस्तरको विकसित देश बनाउने बताउनुभयो । एकीकृत माओवादीले नेपाललाई अवको ४० वर्षभित्रमा नेपाललाई कहाँ पुर्‍याउन सकिन्छ भन्ने चित्र कोरिसकेको भन्दै त्यसलाई साकार पार्न एकीकृत माओवादीले बहुमत ल्याउनुपर्ने बताउनुभयो । काँग्रेस एमालेले २० वर्ष शासन गरेपनि देशमा परिवर्तन गर्न नसक्ने भन्दै देशको विकास गर्न पनि एकीकृत माओवादीलाई चुनाव जिताउनुपर्ने बताउनुभयो । अर्को प्रसंगमा भट्टराईले आफ्नो पार्टीमात्रै संघीयताको पक्षमा रहेको भन्दै अरुलाई संघीयता विरोधीको संकेत दिनुभयो ।
Posted on: Sat, 24 Aug 2013 15:35:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015