By Kshitiz Niraula, - TopicsExpress



          

By Kshitiz Niraula, Biratnagar साफच्याम्पियनसिपको पुर्वसन्ध्यामा नेपालको अण्डर १९ संग मैत्रिपुर्ण फुटबल हाफ टाईम अगाडिनै बराबरी खेलेको पाकिस्तानी नेशनल टिम बिरुद्ध अण्डर १६ ले कुनै गोल गर्ने मौका नदिएको टिमसंग पनि जित हांसिल गर्न नसक्नु नेपाली राष्ट्रिय टिमको लागि दुर्भाग्य नै हो र कमजोरी धेरै छन । बिमलको अवश्य पनि केहि न केहि व्यक्तिगत क्षमता छ । अब हारिसक्यो भनेर महसुस गरिरहेका दर्शक तथा श्रो तहरुलाई उनले भगवानको चमत्कार बाट भएझै थप गरिएको ४ मिनेटमा पहिलो मिनेटमै नेपाली दर्शकहरु र देशलाई न्याय दिलाए र सेमि फाईनल पुग्ने ठुलो आशा जगाए । मेरो महसुसमा उनि सांच्चिकै नेपाली हिरो हुन । आमाको कोखबाटै मेसी, क्रिस्टियानो रोनाल्डो, रिबेरी जस्ता खेलाडिहरुले सिकेर आएका होइनन् बिमल जस्ता खेलाडिले पनि भविष्यमा केहि गरेर देखाउन सक्छन । नेपालको खेल ८ वटै देश भन्दा उत्कृष्ट छ । पाकिस्तान विरुद्ध दोश्रो हाफमा जुन जोश र मेहनेत ले नेपालीहरुले खेले त्यहि जोश र मेहनेतले अब सबै म्याचमा खेल्नु प¥यो । निम्नरुपमा देखिएका समस्याहरुमा पाकिस्तान बिरुद्धको खेलमा चांहि स्ट्राईकर देखि बाहेक सबैको खेल वाह भन्न लायको भएको छ । Miss Pass, Overconfident, Very slow moment and processing, Lack of individual skill, Lack of team spirit नेपालको डिफेन्स र मिडफिल्ड राम्रो छ र तालमेल पनि जुन पाकिस्तान बिरुद्धको दोश्रो हाफ देखियो नेपालको स्ट्राईकरहरुमा मुख्य समस्या अझ धेरै छन । भरत खवास ले गरेको फितलो प्रहार, गोल किप्पर मात्र अगाडि हुंदा जुमानु राईले खुट्टा मिलाउंदा मिलाउंदै पाकिस्तानि बिपक्षिले खोसेको बल, २÷३ जनालाई टयाकल गरेर गोल गर्न नसक्ने व्यक्तिगत क्षमता हेर्दा अझै धेरै समस्याहरुमा सुधार गर्नु पर्न े देखिन्छ । त्यसपछि बिपक्षिले छिर्के लगाएर लडाउन खोज्दै छ भने त्यसलाई पनि तुरुन्त जज गर्ने कोसीस गरि समालिन सिक्नु प¥यो । बल बढाउदा बढाउंदै लडने प्रवित्ति लाई नियन्त्रण गर्नु प¥यो, अनिल गुरुंग र जुमानुराई दौडन कन्जुस्यांई गर्दै थिए । कसैको ईतिहांस तर्फ नजाउं भारत भन्दा नेपालको खेल धेरै स्तरिय छ । आ–आफ्नो समयकालिन खेलाडिहरुको दक्षताले नै इतिहांस बनेको हो । भारतलाई सहजै हराउन सक्ने नेपालको क्षमता छ तर जसरी पाकिस्तान विरुद्ध दोश्रो हाफमा नेपाल देखा प¥यो त्यसरी नै खेल्न कन्जुस्यांई गर्नु भएन । अब राजु तांमांग लाई बिश्राम दिंदा हुन्छ । डिफेन्डमा सन्दिप, बिराज, रबिन, सागर खम्बा हुनु प¥यो मिड फिल्डमा जगजित, प्रकाश बुढाथोकी, भोला सिलवाल, रोहित चन्द, टंक बस्नेत ले आफ्नो वास्तविक गेम देखाउनु प¥यो । जो हालको नेपाली फुटबलको डिफेन्स र मिडफिल्ड शसक्त अरुलाई भयभित बनाउन सक्ने खालको छ । जसले ईतिहांस रच्नलाई सहज बनाउने छ । नेपालको विगत ईतिहांस देखि नै मुख्य समस्या फरवार्ड लाईन हो । यसैमा कोचले बढि जोड गर्नु प¥यो । हाल फरवार्डमा खासै कोहि क्षमतावान लाग्दैन तर बिमल एक उदियमान खेलाडि हुन उनिबाटबात्र न्यायको आशा गर्नु पनि उचित नहोला तर उनि एक ससक्त हतियार र व्यक्तिगत क्षमता भएका क्षमतावान खेलाडि हुन उनले मौका चांहि पाउनु पर्छ । खेल्ने खेलाडिले बल आउछ अनि गोल हान्छु, हामी त स्टार भयौ भनेर मख्ख पर्à ��ु भएन, पाएको अवसर लाई बिजुली झै छिटो उपयोग गर्न सक्नु प¥यो, खटेर खेल्नु प¥यो, नेपालको जित अवश्य सम्भव छ ।
Posted on: Wed, 04 Sep 2013 09:52:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015