आज मन खुशी छ, काका सँग भेट भयो, कती मायाँ गरिसिन्छ मलाई उहाँले, यती टाढा मलाई भेटन आइसियो, काका सँग डिनर गरेर फर्कदा २ बर्ष अगाडि बिती बक्सेको मेरो हजुर मुवाँको पनि खुब याद आयो, म घरको सबै भन्दा जेठि छोरी, जेठि नातिनी,बुवाँ, मुवाँको र काकाहरुको प्यारी छोरी थिए, सबैको मायाँले फुर्केकी, आज पनि मलाई याद छ, मेरो हजुर बुवाले हरेक बिहान ल्याउने गरेको छेत्रपाटिको त्यो पुर्णे हलुवाईको जेरी र स्वारीको स्वाद, हजुरबुवा पशुपतिको मन्दिर बाट फर्किदा किनेर ल्याइसिन्थ्यो अनी म र मेरो फुपुहजुर संगै झ्यालमा बसेर हजुर बुवाको बाटो हेर्थियौ, हजुर मुवाँले बिहानै तुलसिको मठमा पूजा गरेर ठुलो ठुलो स्वोर मा श्री कृष्ण गोबिन्द हरे मुरारे भन्दै गरेको भजन, मन्दिरको घन्टा, धुपको बास्ना, दियोको उज्ज्यालो, त्यो सबै मेरो मानर्षपटलमा ताजै छ, उहाँहरु होइसिन्न यो जगतमा,केटा केटी हुँदाँको मेरो हजुर बुवाको घर जुन अहिले पनि पधेराको न्यामो पानी, आँगनको पिपलको बोट र त्यस्मा दसैँको बेला हाम्रो लागि भनेर हजुर बुवाले हाल्न लगाएको बाबियोको डोरिको पिँङ, अनी आफ्नै बारीमा भएको अएँसेलु अंबा, आँप, केरा, खनायोको रुख, मेरो हजुरबुवालाई सबै फल्फुल र तरकारी समेत आफ्नै खेतबारिको चाहिन्थियो, भुजा ज्युनार गरेपछी एकजना बुहारी को काम हुक्का तयार गर्ने हुन्थियो, खुब शौखिन होइसिन्थियो मेरो हजुर बुवा,मलाई हुक्काको आवाज र तमाखुको बास्ना खुब मन पर्थ्यो,आज मलाई नेपालको खुब याद आइरहेछ, कती हुन्थियो एक पटक फेरी मेरो त्यो प्यारो बालपन फर्काउन पाएँ,कती हुन्थियो त्यो पिङमा झुण्डिन पाएँ, म फेरी त्यो ठुलो चक्रपथ नजिकैको हाम्रो ठुलो खेतमा काकाको चँगा सँग संगै म पनि आफु लाई आकाशमा उडिरहेको कल्पना गरिरहेको हुन्थिए होला, आज मेरो काकाको न्यानो स्नेहले मेरो बालपनको याद दिलायो, "लौ मैले मेरो बालपन पनि हजुरहरु सित बाडेँ है"
Posted on: Fri, 26 Jul 2013 04:51:05 +0000