आयो इसाराले चल्ने - TopicsExpress



          

आयो इसाराले चल्ने टिभी ============= ============= काठमाडौ, दसैंमा टिभी खरिद गर्ने योजना भए सामसङले उत्तम विकल्प ल्याएको छ । बुधबार कार्यक्रम आयोजना गरेर आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले सामसङ यूएचडी टिभी सार्वजनिक गरेको हो । टेलिभिजनलाई भ्वाइस कमान्ड (बोलेर) र इसाराले चलाउन सकिन्छ । यसमा रहेको इन्ट्युटिभ मोसन सेन्सरिङ प्रणालीका कारण रिमोट नचलाई हातले विभिन्न काम गर्न सकिने कम्पनीले जनाएको छ । च्यालन परिवर्तन, आवाज नियन्त्रणलगायत अधिकांश काम बोलेर वा इसाराले गर्न सकिन्छ । टेलिभिजनबाटै प्रयोगकर्ताले भिडियो, फोटोलगायत सामग्री अन्य सामाजिक सञ्जालमा पठाउन सक्ने सुविधा पनि यसमा राखिएको छ । ५५ र ६५ इन्चमा उपलब्ध टेलिभिजनमा ८० लाख पिक्सेल प्रयोग गरिएको छ । जुन हाल उपलब्ध अन्य एचडी टेलिभिजनभन्दा ४ गुणा बढी रहेको कम्पनीले जनाएको छ । पछिल्लो प्रविधिमा आधारित उक्त टेलिभिजनबाट विद्युत् खपत पनि कम हुन्छ । टेलिभिजनबाट थ्रीडी अनुभव र उच्चस्तरीय भिडियो र आवाजको अनुभव पाइने कम्पनीले जनाएको छ । बीबीई ५ स्टार रेटिङ पाएको सामसङ रेफ्रिजरेटर ३०५० सिरिज पनि कम्पनीले बुधबार सार्वजनिक गरेको छ । जसले कम विद्युत् खपत गरेर धेरै समय खाद्यान्नलाई ताजा राख्न सक्ने कम्पनीले जनाएको छ । रेफ्रिजरेटरमा रहेको म्वाइस्ट फ्रेस जोनले खानेकुरालाई ८ घन्टासम्म ताजा राख्ने उल्लेख गरिएको छ । जसले लोडसेडिङको समयमा पनि खानेकुरालाई ताजा राख्न मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
Posted on: Sun, 22 Sep 2013 05:55:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015