उपचार नपाएर बालिकाको - TopicsExpress



          

उपचार नपाएर बालिकाको मृत्यु बाजुरा, असोज २० - समयमा उपचार नपाउदा मुगुकी एक बालिकाको ज्यान गएको छ । मुगुको कोटवाडा गाविसका कुवेर शाहीकी आठ वर्षकी छोरी निरसना शाहीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाजुराको कोल्टीमा विहान ज्यान गएको हो । शुक्रवार रातीबाट सिकिस्त विरामी भएकी निरसनालाई उपचारका लागि कोल्टीसम्म बोकेर लगेपनि त्यहाँ जहाज नपाएका कारण होटलमै ज्यान गएको बुबा कुबेर शाहीले बताउनुभयो । ‘हिजो विहानै विरामी छोरीलाई कोल्टी पु¥याए, सबै एयरलाईन्सलाई गुहारे’, छोरी गुमाएका शाहीले आँसु झार्दै भन्नुभयो, ‘तर प्लेन पाईन र छोरीलाई गुमाएँ ।’ स्थानीय स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले निरसनालाई क्रोमो नामको रोग लागेकाले उपचारका लागि नेपालगञ्ज लैजान सुझाव दिएका थिए ।
Posted on: Sun, 06 Oct 2013 10:31:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015