कांग्रेस एमालेदेखि - TopicsExpress



          

कांग्रेस एमालेदेखि राप्रपासम्मका चुनावमा भाग लिने पार्टीहरुका आफ्ना एजेण्डा देखिएनन् । उनीहरुले संबिधानसभा भनेको उहि संसदीय चुनाब बाहेक अर्को छुटृै हो भन्ने ठानेनन् । तर जे ठानेपनि उनीहरु अहिले रित्तै छन् । उनीहरुको लागि एउटै एजेण्डामा एमाओवादीका अध्यक्ष प्रचण्ड मात्रै छन् । उनीहरु आफुलाई यस कारणबाट भोट देउ भन्न सक्दैनन् । आफ्ना कुनै परिचय वा योजना देखाउन सक्दैनन्, संबिधान कस्तो बनाउने भन्ने कुरा उनीहरु कसैलाई थाहै छैन र केबल प्रचण्डका बिभिन्न कथा रचेर उनलाई गाली गरेर आफु सही भएको तर्क प्रस्तुत गर्न बिबस छन् । उनीहरु अंगिरस ज्योतिसदेखि पदम कुंवरसम्मको फेरो समाएर चुनाव प्रचार गर्ने हैसियतमा आउनु भनेको उनीहरु सकिएको दरिलो प्रमाण हो । त्यस्तै अती चाहना हुंदाहुंदै पनि र सबै माग छोडेर चुनाबका लागि हिरिक्कै भैसक्दापनि प्राबिधिक रुपले ढंग नपुर्याउंदा चुनाबबाट बाहिरै रहन पुगेको वैद्य नेतृत्वको माओवादीका सामु क्रान्तिका कुनै योजना बाहिर आएका छैनन्, र आएका छन् त केवल उहि प्रचण्ड र बाबुरामप्रति सत्तोसराप । उनीहरु सबैका बर्बराहट सुन्दा यिनले आफ्नो हैसियत गुमाइसकेका छन् र उनीहरुका साहारा भनेका प्रचण्ड र बाबुरामका कथा सुनाएर लेखेर आत्मासन्तुष्टि लिने कुरा मात्रै छन् । लोकतन्त्रमा बिपक्षीहरु यसरी आत्माहत्याको बाटोमा अघि बढ्दै जानु भनेको शुभ संकेत होइन र उनीहरुको अस्तित्व रक्षाको लागि सोचिदिनुपर्ने बेला आएको छ
Posted on: Mon, 07 Oct 2013 18:52:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015