काठमाडौं, २८ भदौ । स्वीस - TopicsExpress



          

काठमाडौं, २८ भदौ । स्वीस बैंकमा पैसा राखेको भनेर चर्चामा आएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हेलिकप्टर पनि किन्ने भएका छन् । सर्वहारा वर्गका नेता भनेर आफुलाई चिनाउदै आएका दाहालको यो विलासिता जीवनमा उनको क्रान्तिकारी कुराले भने हावा खाएको छ । उनको नेतृत्वमा १० वर्षे सशस्त्र आन्दोलनमार्फत साम्यवाद ल्याउने भन्दै १५ हजार नागरिकले ज्यान गुमाएका थिए भने कयौं नागरिक वेपत्ता र कैयौं अझैं घाइते छन् । उनै साम्यवाद ल्याउने र समाजको परिवर्तनको नारा दिने प्रचण्डले हेलिकप्टर किन्ने तयारी गरेका हुन् । आफ्ना व्यापारीक साथी अजय सुमार्गीको नाममा हेलिकप्टर किन्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । उक्त हेलिकप्टर खरिदमा मुख्य भूमिका भने अजय सुमार्गीले निभाएको स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त हेलिकप्टरको मुल्य ५२ करोड रुपैया पर्नेछ । नियमित मर्मत संभार तथा संचालनमा मासिक ३० लाख रकम खर्चिनु पर्ने सो हेलिकप्टर एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले प्रयोग गर्ने बताइएको छ । हेलिकप्टरका लागि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको स्रोतको दाबी छ ।
Posted on: Fri, 13 Sep 2013 16:41:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015