कतार एयरवेजले १० - TopicsExpress



          

कतार एयरवेजले १० केजीसम्म लगेज सुविधा थप्यो दोहा — एक सय २८ अन्तरार्ष्ट्रिय गन्तव्यमा उडान गर्ने कतार एयरवेजले सबै क्लासका यात्रुका लागि लगेजमा थप सुविधा दिने भएको छ। नयाँ व्यवस्थाअनुसार एयरवेजले इकोनमी क्लासमा यात्रा गर्नेलाई ३० केजीसम्मको लगेज सुविधा दिनेछ। अहिले इकोनोमी क्लासमा यात्रा गर्नेहरुले २३ केजीसम्म मात्र लगेज सुविधा पाउँछन्। ३० केजीको लगेज सुविधा लिन एउटै ब्याग हुनुपर्ने कम्पनीले जनाएको छ। फुटबल क्लब बार्सिलोनाको प्रायोजक हवाइ कम्पनीले यो सुविधा सेप्टेम्वर १ देखि लागू हुने उल्लेख गरेको छ। विजनेस क्लासका यात्रुले ३० केजी स्थानमा ४० केजी सामान लैजान पाउने छन्। फस्ट क्लासका यात्रुले अहिले पाउँदै आएको ४० केजीको सुविधालाई बढाएर ५० केजी पुर्यााइएको छ। दोहा मुख्यालय रहेका इतेहाद र दुबईको इमिरेट्स एयरलायन्सले सुविधा थपेपछि कतारलाई लगेज सुविधा बढाउन दवाब परिरहेको थियो।
Posted on: Wed, 21 Aug 2013 12:59:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015