खलंगामा भारतको - TopicsExpress



          

खलंगामा भारतको हस्तक्षेपकारी बिनास : बैद्य माओवादी ८ असार, काठमाडौं । नेकपा-माओवादीले भारतले एकपक्षीय रुपमा धौलीगंगा बाँध खोल्दा दार्चुला सदरमुकाम खलंगा नै ध्वस्त हुने गरी महाकाली नदीमा विनासकारी बाढी आएको दावी गरेको छ । माओवादी महासचिव रामबहादुर थापा बादलले शनिबार विज्ञप्ति जारी गरि सम्भाव्य अरु क्षती रोक्न पहल गर्न माग गर्नु भएको छ । ‘वर्षातको कारण बाढी पहिरो आउने कुरालाई स्वभाविक मान्न सकिन्छ तर, दार्चुला सदरमुकाम नै ध्वस्त हुने गरी भइको घटना भने प्राकृतिका कारणले मात्र नभएको जनस्तरबाट समेत उठेको छ’ विज्ञप्तिमा भनिएको छ-’सीमा नदी महाकाली पारी भारतीय पक्षले एकपक्षीय रुपमा धौलीगंगा बाँध बाध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नदिई बाँध खोल्नुले भाएको क्षति हस्तक्षेपकारी बिनास हो ।’ माओवादीले मनसुनमा लक्ष्मणपुर, खुर्दलौटन, गण्डक र कोशी बाँधले पुर्‍याउन सक्ने क्षतिथबारे तत्काल भारतीय पक्षसँग वार्ता गर्न माग समेत गरेको छ । साथै बाढी पहिलो पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनले राज्यले ढिलाई गरेको र राहत पुनःस्थापनाका लागि छुट्टाएको रकम ज्यादै न्यून भएको बताएको छ । माओवादीले बाढी पहिरो पीडितलाई सहयोग गर्न र राहत संकलन गर्न पार्टी कार्यकर्तालाई अपील समेत गरेको छ ।
Posted on: Sat, 22 Jun 2013 13:42:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015