गुण्डा नाइके चरीलाई - TopicsExpress



          

गुण्डा नाइके चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा धादिङ बन्द धादिङ, १३ साउन । गुण्डा नाइकेका रुपमा परिचित दिनेश अधिकारी चरीलाई प्रहरीले पक्रेको भन्दै नेकपा एमालेले गरेको धादिङ बन्दका कारण जनजीवन कष्टकर बनेको छ । आइतबार बिहानदेखि एमाले कार्यकर्ताले पृथ्वी राजमार्गका बिभिन्न ठाउँ र सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेर गाडी चल्न रोक लगाएपछि यात्रु अलपत्र परेका छन् । धादिङका मुख्य बजार र शिक्षण संस्था पनि बन्द छन् । चरी नेकपा एमालेसँग आवद्ध छन् । अवैध हतियारमा संलग्नता र गाडीले ठक्कर दिएको अभियोगमा बयानका लागि चरीलाई शनिबार हनुमानढोका प्रहरीले पक्राउ गरेको हो ।
Posted on: Sun, 28 Jul 2013 08:03:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015