त्रिभुवन विमानस्थल - TopicsExpress



          

त्रिभुवन विमानस्थल बाहिर लुटेराको बिगबिगी १८ असोज, काठमाण्डौं । ‘ल माल झर्‍यो, समान ठीक पार ।’ ‘ठीक छ’ । ‘अँठ्याएर ल्या न ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष बाहिर आजभोली यस्तै भनाईहरु सुनिन्छन् । सर्वसाधारणले सजिलै बुझ्न नसक्ने यस्ता साङ्केतिक शब्दको अर्थ सुन्दा आङ नै सिरिङ्ग हुन्छ । विमानस्थललाई दलाली, ठगी, लुटपाट तथा विदेशी मुद्राको अवैध कारोबारको अखडा बनाउँदै आएको समूहले खाडी मुलुकबाट स्वदेश फर्किएका सर्वसाधारणलाई ‘माल’ र ‘सामान ठीक पार, अँठ्याएर ल्या’को साङ्केतिक अर्थ ट्याक्सीमा राखी लुटपाट गर्ने कार्यलाई बुझाउने गरेको गोरखापत्र दैनिकमा खबर छ । यतिखेर दसैं र तिहार मनाउन विदेशबाट घर र्फकनेहरुको भीड विमानस्थलमा बढ्न थालेपछि आपराधिक समूहको कमाउ धन्दा पनि फस्टाएको छ । आगमन कक्ष बाहिर लस्करै समूह/समूहमा जम्मा भएकाहरु सर्वसाधारणलाई जबरजस्ती ट्याक्सीमा राख्छन् र कुटपीट गरी लुटपाट गर्छन । प्रत्येक दिन कुटपिट र लुटपाटका घटना हुनु विमानस्थल क्षेत्रको नियति नै भएको छ । विमानस्थल परिसरका एक क्याफे व्यापारी भन्नुहुन्छ, विभिन्न प्रलोभन देखाएर ट्याक्सीमा बस्न लगाउँछन्, मागेजति भाडा नदिएपछि बीचबाटोमै कुटपिट र लुटपाट गरी भाग्छन् । विदेशी मुद्राको खुलेआम अवैध कारोबार गर्छन् । विशेष गरी यस्तो समूह दुवई र कतारबाट आउने विमानहरुको व्यग्र प्रतिक्षामा बस्ने गर्छ ।
Posted on: Fri, 04 Oct 2013 03:44:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015