दुर्लभ र लजालु जनावर - TopicsExpress



          

दुर्लभ र लजालु जनावर रेडपाण्डा भेटियो 2070/8/16 मा प्रकाशित लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र तेम्पाथाङ पोष्ट नजिकै पहिलो पटक एक जोडी रेडपाण्डा भेटिएको छ । सिन्धुपाल्चोक जिल्लाको फुस्रे गाउँ नजिकै स्याउले जंगलमा एक स्थानीय मिङ्मर शेर्पाले खस्रुको रूखमा गुटमुटिएर घाम ताप्दै गरेको अवस्थामा उक्त दुर्लभ मानिएको रेडपाण्डाको जोडीलाई देखेका हुन् । एका बिहानै घाँस काट्न गएको बेलामा रेडपाण्डा देखेपछि खुसी हुँदै मोबाइलमा फोटो समेत् खिचेर राखिएको पाँच पोखरी चोरी सिकार नियन्त्रण समूहका उपाध्यक्ष अनिल शेर्पाले बताए । विश्वमा नै दुर्लभ मानिएको लजालु जनावर रेडपाण्डा (रातो हाब्रे) लाई पुडे, कुँदो, भालु, बिरालो, फायर फक्स आदि नामले चिनिन्छ भने यसको बैज्ञानिक नाम ब्ष्गिचगक ँगनिभलक हो । प्रायजसो रेडपाण्डा एक्लै बस्ने, रात, बिहान र बेलुका सकृय रहने गर्दछ । विशेष गरी मालिङ्गो÷निगालो खाने रेडपाण्डा मांसाहारी वर्गको शाकाहारी जनावर हो । लाङटाङ राष्ट्रिय निकुञ्जलगायत नेपालको विभिन्न संरक्षित क्षेत्र तथा वनहरूमा २३०० देखि ४००० मीटरसम्म फीर, खस्रु, गुँरास, निगाँलो, मालिङ्गो आदिको मिस्रित जंगलमा रेडपाण्डा पाइने लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्ज कार्यालयका अनुसार रेडपाण्डा संरक्षणका लागि विभिन्न समयमा अनुसन्धान, स्थानीय व्यक्तिहरूलाई रेडपाण्डाको महत्वबारे जानकारी दिने, विभिन्न पर्यटकीय स्थानमा रेडपाण्डा जानकारी सम्बन्धि सूचना केन्द्र स्थापना गरी रेडपाण्डा तथा बासस्थान संरक्षणका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । एक अध्ययन अनुसार लागि सानासाना र एक्लिएका बासस्थान, बासस्थान बिनास हुनु, उच्च चरिचरन बढ्नु, छाउराको जन्मदर कम हुनु तर मृत्युदर बढी हुनु, आगलागी, अबैध चोरी सिकार। जनचेतनाको कमी आदि रेडपाण्डा संरक्षणका लागि चुनौति रहेका छन् । Copyright © 2013 Sajha Sabal Media Pvt. Ltd.. All Rights Reserved. Editor: प्रेम प्रसाद पौडेल Designed By: webstars IT Solution
Posted on: Wed, 04 Dec 2013 15:05:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015