नयाँ नेपालको मेरो - TopicsExpress



          

नयाँ नेपालको मेरो परिभाषा : नयाँ नेपाल हरेक आयाममा सबल र गतिशील हुनुपर्छ । नयाँ नेपालका नागरिक सचेत र स्वाधीन हुनुपर्छ । उनीहरु सामाजिक रुपान्तरण, आर्थिक प्रगति र सेवामुखी राज्यप्रणालीमा समाहित हुन सक्नुपर्छ । उपेक्षित र सीमान्तीकृत जनताका आवाज सुनिनु पर्छ । शिक्षा र सामाजिक जानरणबाट परिवर्तन आउनुपर्छ । सरकारको नेतृत्वमा स्पष्ट दृष्टिकोणयुक्त व्यक्त हुनुपर्छ जसले मुलुकलाई अग्रगति दिन सकोस् । सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक विकास हुनुपर्छ किनभने यो नै सबै क्षेत्रको विकासको मूल आधार हो । डा.बाबुराम भट्टराई
Posted on: Fri, 08 Nov 2013 01:52:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015