प्रश्न : के हो चाँया - TopicsExpress



          

प्रश्न : के हो चाँया बास्तवमा ?? उत्तर : चाँया अर्थात Dandruff भन्नाले Malessizia furfur नाम गरेको Fungus ले गर्ने एक किसिमको छालाको इन्फेक्शनका कारण उत्पन्न हुने अवस्था हो / प्रश्न : चाँया ठुलै समस्या हो त ?? उत्तर : कहिलेकाँही ठु लो ठुलो रगत बग्ने गाँठोको रुपमा समेत यो समस्या प्रस्तुत हुन सक्दछ र यसका कारण आँखाको डील सुन्निने वा सधैं चिप्रा लागिरहने(Chronic Blepharitis) स्थिति समेत पैदा हुन सक्दछ अन्यथा चाँया भनेको सौन्दर्य र मनोबैज्ञानिक दृष्टिले ठुलो समस्या बन्न पुग्छ, अरुको अगाडी कन्याउनु पर्दा वा कपडामा चाँया झरेर टल्कीदा त्यसले समस्या हुने गर्दछ / प्रश्न : समाधान के हो त ? उत्तर : प्रायश: दैनिक टाउको मात्र भए पनि नुहाउने गरेमा नै यो समस्याको हल निस्कन्छ, ठिक नभएमा Selenium Sulfide(Selsuns Shampoo) वा Ketoconazole(Nizoral) श्याम्पूको प्रयोग(केहि बेर फिँज सहित मसाज गर्ने शर्तमा) गर्नाले धेरैको निको हुन्छ, अझै ठिक नभएमा डाक्टरको सल्लाह लिने त छँदै छ / कफ शब्दले खोकी भन्ने बुझिन्छ जुन सुख्खा हुन सक्छ जसलाई अंग्रेजीमा Dry cough भनिन्छ वा खकार आउने किसिमको हुन सक्दछ जसलाई अंग्रेजीमा Productive cough भनिन्छ / धेरै मानिसले कफ भनेर खकार वा sputum लाई इंगित गर्ने गरेका छन् जुन आफैमा ठिक शब्द प्रयोग हैन /
Posted on: Mon, 11 Nov 2013 11:21:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015