फुजेल घटनामा एमाओवादी - TopicsExpress



          

फुजेल घटनामा एमाओवादी कार्यकर्ता पक्राऊ "कार्यकर्ताको गिरफ्तारीपछि एमाओवादी उत्तेजित" SpeedNepal २१ भदौ, काठमाडौं । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार काठमाडौंको बागबजारबाट एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राऊ गरेको छ । कार्यकर्ता पक्राऊको विरोधमा धनगढीमा रहेका बाबुराम र प्रचण्डले शनिबार उपत्यका बन्द गर्नकार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ‘सत्य निरुपण आयोगमार्फत समस्या समाधान गर्नुपर्नेमा हाम्रा कार्यकर्तालाई राज्यले गिरफ्तार गरेको हुनाले यसको विरोधमा शनिबार उपत्यका, गोरखा र चितवन बन्द गर्ने पार्टी केन्दं्रीय कार्यालयले निर्णय गरेको छ ।’ एमाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले शुक्रबार राति अबेर अनलाइनखबरलाई भन्नुभयो । आफ्नो छोराका हत्यारामाथि कारवाही गर्नुपर्ने माग गर्दै गोरखाका नन्दलाल अधिकारी दम्पत्ति डेढ महिनादेखि वीर अस्पतालदमा आमरण अनशनमा बसेका बेला सरकारले उनीहरुको मागबमोजिम हत्या आरोपमा रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेको हो । गिरफ्तारको विरोधमा एमाओवादीले घोषणा गरेको बन्दका कारण तीज पर्व प्रभावित हुने भएको छ । तर,नाचगान गर्ने र ब्रत बस्ने आइतबार भएकाले तीज पर्वलाई मध्यनजर गर्दै शनिबारै बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिनुभयो ।
Posted on: Fri, 06 Sep 2013 18:17:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015