माओवादीद्वारा कब्जा - TopicsExpress



          

माओवादीद्वारा कब्जा गरिएको मतदान केन्द्र सुरक्षाकर्मीको नियन्त्रणमा दैलेख- नेकपा-माओवादीका कार्यकर्ताले कब्जा गरेको लकान्त्रास्थित हुइका मतदान केन्द्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। थातिकाँधबाट आएका प्रहरी र नेपाली सेनाको टोलीले कब्जा गरिएको मतदान केन्द्र नियन्त्रणमा लिएका हुन्। प्रहरीले दुई राउन्ड हवाइ फायर गरेपछि ५०-६० समूहमा आएका माओवादी कार्यकर्ता भागेका थिए। सम्पर्कविहीन बनेका दुई प्रहरी, दुई म्यादी प्रहरी र कर्मचारीहरु सम्पर्कमा आएका छन्।
Posted on: Mon, 18 Nov 2013 15:25:35 +0000

Recently Viewed Topics




© 2015