मन, मुटु, धड्कन अनि यो - TopicsExpress



          

मन, मुटु, धड्कन अनि यो जीवन......... सायद मान्छेले आफ्नो बशमा राख्न सक्ने भए कति सुन्दर लाग्थो होला उसलाई यो संसार! मन सपना सपनाकै संसारमा रुमलिन्छ, कल्पनाको स्पर्शमा फेरि यो मुटु चाहानाको धड्कन बनि धड्की दिन्छ। जिवन भने आँशु र खुशीको सम्झौतामा रुमलि रहन्छ। हो आज म यहि परिबेशमा आफै ले आफै संग सम्झौता गरिरहेको छु। निद्रा टुट्दा सपनि टुटे झै कतिपए सपनि टुट्दा जिन्दगी टुट्दो रहेछ। परि कल्पना त समएको सानो झोकाले पनि उडाउन सक्छ, तर मनले चाहेर मुटुको कुनामा धड्कन बनेका चाहानाहरु भुलाउन सकिदैन। चाहे कल्पना नै किन न होस नयनमा तस्बिर बनि झझल्को बनि दिन्छ। यहि झझल्को नियाल्दै आज पनि म पर ति क्षितिज हरुमा टोलाई रहन्छु। सपना सपना नै हुन्छ, तर त्यहि सपना मेरो जिन्दगी बन्छ भन्ने थाहा थिएन। अपहेलित छ मेरो सपना उसको नजरमा तर म मेरो सपनामा आँशु बगाउदै प्रयासचित गर्न सक्दिन..!!!!??? burga khanal
Posted on: Sat, 30 Nov 2013 12:10:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015