मलेसियाको भिसा शुल्क ५ - TopicsExpress



          

मलेसियाको भिसा शुल्क ५ गुणा बढ्यो ====================== २४ कात्तिक, काठमाण्डौं । मलेसियाली दूतावासले नेपाली कामदारको भिसा रेमिट्यान्स शुल्क ७ सय रुपैयाँबाट ५ गुणा बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्‍याएको छ । एकैपटक बढाइएको ३ हजार २ सय रुपैयाँले पहिलो श्रम गन्तव्य मलेसिया जाने नेपालीलाई थप आर्थिक भार पर्नेछ । यो वृद्धिमा भिसा स्ट्याम्पिङबापत मात्रै वाषिर्क ३२ करोड रुपैयाँ भन्दा बढी भार थपिन्छ । मलेसियामा वाषिर्क १ लाखभन्दा बढी नेपाली काम गर्न जानेगरेको कारोबार दैनिकमा खबर छ । एकै पटक बढाउँदा कामदारलाई समस्या हुने भएकाले सरकारले कूटनीतिक माध्यमबाट घटाउन पहल गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनाल भन्छन्, ‘यो हामीबाट सम्भव छैन, सरकारले नै पहल गर्नुपर्छ । हामीले दूतावासलाई दबाब दिँदा कूटनीतिक सम्बन्ध विग्रन सक्छ ।’ आतइतबार बस्ने संघको बैठकले श्रम तथा रोजगार मन्त्रालयलाई पहलका लागि दबाब दिने जानकारी उनले दिएका छन् ।
Posted on: Sun, 10 Nov 2013 01:34:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015