मेरा पियारा मित्रहरु - TopicsExpress



          

मेरा पियारा मित्रहरु सबैलाई छठ पर्व २०७१ को पावन अवसरमा यहाँ र यहाँको परिवारमा हार्दिक हार्दिक मंगलमय शुभकामना। आज छठको दोस्रो दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाईँदै।छठ पर्व - पहला दिन, कैसे करे पूजा, How TO Perform First Day Pooja At Chhath Festival. भिडियो हेर्नको लागि यो लिंकमा थिच्नुहोस्.....https://youtube/watch?v=BtKrzNrN8pI The festival to worship the Sun God, Chhath is being celebrated especially by the women in Nepal, India and some other parts of the world. The festival is celebrated by following various norms and values. On the day, the women observe fasting as they remain inside the water of nearer lakes, ponds and thus worship the Sun God. Those who are observing the fasting of Chhath, they have to stay hungry abstaining from drinking water as well. The devotees make Thekuwa and other foods in the time of fasting. They take these foods after taking bath in the setting Sun have to worship the first setting of Sun God. The Sun is considered as the god of energy and is worshiped during the Chhath festival with the belief of promoting the well-being, prosperity and progress. The Sun is worshiped in the believed to cure a variety of diseases, including leprosy and helps ensure the longevity and prosperity of family members, friends, and elders. With this faith, the festival has been celebrated for many years so that it can mark the longevity of the family member’s lives. विश्वलाई वशिभूत पार्ने सुन्दर हिन्दु संस्कृतिहरूको उत्सव दीपावलीको समापन संगै दिपावली उत्सवको समापनको पाँचौं दिन पछि छठ पर्व को सुभारम्भ हुन्छ। भाइटीकाको समापनपछि सारा पृथ्वीलाई प्रकाश दिने सूर्यको आराधना गर्दै प्राचीन छठ महोत्सव सुरु हुन्छ । यसमा सूर्य र छठ मैयाँको रूपमा सूर्यको देवी रूप उषाको पूजा हुन्छ । प्रायजसो धर्म, संस्कृति र सभ्यतामा प्रकृति तथा सूर्यको पूजा गरिने हुनाले सबै जाति र समुदाय यो पर्वमा सहभागी जनाउँछन् । विशेषगरी विहार, भारखण्ड र पूर्वी उत्तरप्रदेशमा भव्य ढंगले मनाइने यस पर्वको विस्तार भारतको मुख्य सहरहरू दिल्ली र मुम्बईमा पनि विस्तार भएको छ । तर, दसैंजस्तै नेपालको छठले सबैलाई उछिनेको छ । कुनै व्यक्ति विशेष, सेलिब्रेटी, नेता, मन्त्री, आयोजक र स्वयंसेवकहरूले गर्दा यो यति धेरै लोकपि्रय भएको पक्कै होइन । सबै धर्म, समुदाय र जातिले बिनाभेदभाव पूजा गर्न तथा सहभागी हुन पाउने हुनाले छठ पर्वको महत्त्व र महिमाको स्वतः प्रचारप्रसार भएको हो । केही युरोपेली र इस्लामिक मुलुकमा विभिन्न कालमा निर्माण भएको सूर्य मन्दिर पनि छन् । जापान, कम्बोडिया, फिजी लगायतका मुलुकमा आआफ्नै ढंगले सूर्यको आराधना गरेर यो पर्व मनाइन्छ । यो प्राचीन पर्वमा पृथ्वीमा जीवनलाई बचाइराख्न र परिवार एवं मानव कल्याणका लागि सूर्यको पूजा गरिन्छ । यतिबेला पोखरी र जलाशय किनारमा दीपावलीझैं माहोल हुन्छ । चार दिनसम्म चल्ने पूजाकोे अन्तिम दुई दिन साँझ र बिहान जलाशय किनारमा छठको रौनक बढी हुन्छ । व्रतालुले शरीरलाई चोखो राख्न पहिलो दिन नुहाएर शुद्ध शाकाहारी भोजन खाएर उपवास बस्छन् । यसलाई नहाय खाए भनिन्छ । दिनभरि उपवास बसी दोस्रो दिन साँझ चोख्याएर बनाइएको खीर, पुरी लगायतका मिठा पक्वानले गोप्य कोठामा ईश्वरको आराधना गर्छन् । सबभन्दा पहिले व्रतालुले प्रसाद खान्छन् । त्यसपछि परिवारजन र छिमेकीलाई पनि मिठो प्रसाद बाँडिन्छ । यो दिनलाई खरना भनिन्छ । तेस्रो दिन साँझपख र चौथो दिन बाँसका भाँडाकुँडामा सजाएर राखिएका पुजन सामग्रीसहित सूर्यको पूजा गरेपछि यो पर्वको समापन हुन्छ । साँझको पूजालाई सन्ध्या अघ्र्य -सँझिया अरघ) र बिहानकोलाई उषा अघ्र्य भनिन्छ । सरलता र सादगीले गर्दा बर्सेनि यो पर्वमा सहभागिता बढ्दो छ ।
Posted on: Tue, 28 Oct 2014 15:57:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015