"यथार्थमा सङ्घर्ष गर्न - TopicsExpress



          

"यथार्थमा सङ्घर्ष गर्न सिक" "जीवन पनि १ मुक्तक हो यसमा पनि ४ हरफ नै कोरिएको हुन्छ ।पहिलो र अन्तिम हरफ जीवन र मृत्युको दोषाध मा हुन्छन भने बिचका २ हरफ हरुमा कोही मरेर पनि बाचिरहेका छन भने "कोही बाचेर पनि ज्युदै मरिरहेका छन् । "आदहरणिय साथिहरु,थाहा छ होला नि ,फुलहरुका थुङ्गाहरु कसरी फक्रीने गर्दछन ।न त त्यस्ता फुलहरुको फक्राइमा कुनै कतुटा लुकेको हुन्छ,न त कुनै कपट लुकेको हुन्छ नै ।आखिर फुलहरुमा एउटा पवित्रता छ,विस्वासनियता छ,सत्यता छ,सुगन्ध छ,र छुदा पनि नमेटिने एक सुन्दरता छ ।न त फुलहरुले धनी ब्यक्ती ,ठुला-बडा ब्यक्ती हरुलाई उच्च सम्मान ग-रोस र सुगन्ध दिओस ,न त गरीब,दुखि,अनाथ,टुहुरा,मजदुर ब्यक्ती हरुलाई तुच्छ बास्ना सुगन्ध नदिएर उनि हरुलाई अपमान ग-रोस ।फुल त स्वतन्त्र छ र पनि सम्पूर्ण ब्यक्ती हरुलाई या सम्पूर्ण जगतमा उसले मात्र समानता गर्न जानेको छ ।न त कसै लाई घात-प्रतिघात नै गर्न जाने को छ ।उ त मात्र एक सोच ले जिएको छ त्यो हो समानता ,सामाजिकता हार्दिकता किनकी उसले आफुले अरु चिज लाई दिनु पर्ने र अरु चिजलाई आफुले गर्नु पर्ने सेवा निस्वार्थी मनले निर्भिकताका साथ गरिरहेको हुन्छ ।उसमा अरुलाई लुटेर ,अरुलाई ढाटेर ,अरुलाई छलेर्,धोका दिएर्,आफु जिउन चाहन्न,सबैलाई आफुजस्तै समान बनाएर जिउन चाहेको हुन्छ । हो त्यही फुल जस्तो निस्वार्थ ,समानता ,सामाजिकता हार्दिकता सबैलाई समान ब्यवहाँर गर्ने र समान रुपले जिउन पर्छ भन्ने मान्यता का साथ हाम्रो महान पार्टी जन युनिटी को अपरेटिभ पार्टी नेपाल को स्थापना भएको हो ।हाम्रो ईतिहास गौरव माया छ ।रास्ट्र मा जन्मेका रास्ट्रभक्त पुरु-षार्थिहरुको बल-बुद्धि,त्याग-तपस्या र बलिदान ले हामी कहिल्यै पराधिन भएनौ हामी हाम्रा युवा हरुलाई हाम्रा पुर्वज्-हरुको गौरव-म-य ईतिहास बुझाउन साथ -साथै हाम्रो देशको बिकास निर्माणमा लगाउनु आजको हाम्रो आवश्यकता ठानेका छौ ।रास्ट्र र रास्ट्रीयताको निम्ती समर्पित हाम्रो पार्टी अब छिटै पुन्:रास्ट्र निर्माण मा सशक्त ,प्रभावकारी र सकारात्मक सोच तर्फ सम्पूर्ण युवा हरुलाई जागृत बनाउदै जनेमा मैले आशा राखेको छु ।मन ,बचन ,कर्मले देश भरिका युवाहरु एकजुट भैइ देश निर्माण मा लाग्नुको बिकल्प हामी सामु छैन ।२१ औ शताब्दी परिवर्तनको युग हो ।यस परिवर्तनसिल युगमा मानिसका प्राय ब्यवहाँरमा परिवर्तनहरु पाइन्छन ।हाम्रो पार्टीको भावी योजना त १५९ वटा छन ।र १-५ बर्ष भित्र काठमाडौं,पोखरा,बिराटनगर,बिर्तामोड ,बुटवल,चितवन्, नेपालगन्ज लगायत देशको मुख्य -मुख्य सिटी हरुमा मेट्रो ट्रैनको बिकास गर्ने योजना छ ।र देशको प्रत्यक गाउ-गाउमा पक्की सडक ,खानेपानी,बिजुली ,र बैंकहरु बिस्तार गर्ने योजना छ ।यिनै विशित्ट अवस्थामा उत्पन्न हुने हर प्रकारका चुनौति- हरुलाई सामना गर्दै नया बिकल्पको खोजि-निती गर्दै युवाहरुलाई सङ्गठित बनाउदै विश्वकै अग्रणी ,स्वच्छ,शान्त,सम्बृद्दी देश निर्माण गर्नेछौ । प्रिय साथीहरु, देशको बिग्रदो राजनैतिक स्थितिले युवा हरु बिचल्लिमा परिरहेका बेला राजनैतिक खिचातानी लगायत बेरोजगारी समस्याले गर्दा लाखौ युवा हरु आफ्नो भुमिमा कर्म गरी बाच्ने चाहना हुँदा -हुँदै पनि आफ्नो प्यारो जन्मा भुमी लाई त्यागेर बिदेशको मरुभुमिमा पलायन हुन बाद्य पारियको छ ।हिजोका सामन्तवादी ,दलाल,तस्कर, करोडपतिका धनाड्य छोराहरु देश हाक्ने अवस्थामा लागु -पदार्थ र अन्य दुर्व्यासनमा परी कोही सिङपुरको समितिभेज अस्पताल त कोही हिजोका कथा -कठित देश का कम्युनिस्ठ का छोरा हरु काठमाडौंमा ४-५ वटा विहे गर्दै पिल्सिरहेका छन ।जस्को कारण सामाजिक बिकास र निर्माणका कमाहरु ठप्प छन ।गरीब जनता झन -झन गरीब बन्दै छन भने धनी हरु रातारात धनी बनिरहेका छन । त्यसैले युवाहरु कुनै पार्टीको मात्र पेवा होईनन ।युवाहरु त मात्र परिवर्तनका सम्भाहक हुन ।युवाशक्ती हरु एक भएर अगाडी बड्ने हो भने जस्तो किसिमबाट देश गुजृरहेको भए पनि सफल अवतरण गर्न सकिन्छ ।कुन युवा सग कुना किसिमको सिप्-क्षमता छ त्यही क्षेत्रमा परिचालन गर्दै २१ औ शताब्दिको बैज्ञानीक सिप्, ज्ञान्,क्षमता हासिल बनाउदै आफ्नो देशप्रतिको दायित्व र कर्तब्यलाई बुझी देश-जनता र समाजको लागी अग्रसर बनाउने अबको खुबी हामी र हाम्रो पार्टीमा आएको जिम्मेवारी हो उक्त जिम्मेवारी लाई बिचलित हुन नदिई परिवर्तनकारी योजना बनाउदै स्वच्छ ,शान्त,सुन्दर,सभ्भ रास्ट्र बनाउने छौ साथै विज्ञान र प्रबिधी लाई रास्ट्रको आर्थि-क तथा-सामाजिक बिकासको प्रगती सुचकको रुपमा हेर्दै हाम्रो स्रोत र साधनलाई समुचित प्रयोग गर्दै वैज्ञानीक तवरले देशको आर्थि-क बिकासमा जाने हाम्रो प्रमुख लक्ष्य हो । बिगतको ईतिहास हेर्ने हो भने पनि थाह हुन्छ साथिहरु राम्रा ब्यक्ती लाई कसरी मारियो र कसरी पछाडी परियो त्यो हजुर हरुको सामुन्य प्रस्ठै छ ।मदन भण्डारी लाई कसरी दुर्घाटनामा पारियो ,कृणा प्रसाद भट्टराई लाई के बनाइयो,यो ईतिहास हामीले राम्रो सँग पढेका छौ ।अब पनि त्यस्तै नहोला भन्न सकिने अवस्था छैन ।साथी हरु हजुरहरुले कार्ल-मार्क्स को जिवनी त पक्कै पद्नु भएकै होला ।कार्ल-मार्क्स र एङ्गेल्सले त्यती वेलाको जर्मन प्रतिकृयावादिको बिरुद्द "सङ्घर्षको मन्च्" नामक अखवार प्रकाशित गरेर सन १८४२ मा बसन्त देखी उहाले राईन पत्रीकाका काम गर्न थाल्नुभएको थियो ।"लेखकले बाच्ने र लेख्ने सम्भावना पाउनका निम्ती कमाउनु पर्छ तर कमाउनका लागी बाच्न र लेख्न हुँदैन्" भन्ने मान्यता अगाडी सार्नु भएको थियो ।पत्रीकाको बढ्दो प्रभाव देखेर १ अप्रिल १८४३ देखी पत्रीकाअ बन्द गर्ने आदेश जारी भयो ।त्यो पत्रीका जर्मन मा पहिले जनवादी क्रान्तिकारी पत्रीका थियो ।त्यस पत्रीकामा कार्ल-मार्क्सले एङ्गेल्सको औचित्य दर्शनअको समिक्षा गर्नु र यहुदी हरुको सम्ब्नधमा दुई वटा निबन्ध लेख्नुभएको थियो ।जसमा वर्ग सङ्गर्ष र समाजवादी दार्शनिक रुपरेखा तिर सङ्केत गरिएको थियो ।तीनै निवन्धहरुमा प्रकासित सामाग्री को आधारमा जर्मन सरकारले कार्ल-मार्क्स माथी राजद्रोहिको आरोप मात्र होईन जर्मन को सिमा भित्र प्रवेश गर्नासाथ उनलाई गिरफ्तार गर्ने आदेश पनि जारी गरिएको थियो । के कार्ल-मार्क्स वास्तवमा देश द्रोही थिए त ? अवस्य थिएनन ।उनी त श्रम जिवी ,गरीब किसान वर्गका महान नेता थिए ।अहिले हामिलाई पनि यस्तै गरिएकोले हामीले बाद्द्य भैइ जन युनिटी को अपरेटिभ पार्टी नेपाल मार्फत जनताको पैसा जनतालाई नै दिनु पर्छ र यो देशको मुहार फेर्न पर्छ भन्दा हामीलाई बिभिन्न मुद्दा लगाउनु आफैमा हास्यसपद छ ।अब हामी नेपाली युवा हरु मुख नचलाउने हो भने ,हात-खुट्टा नचलाउने हो भने हामिलाई सिदै भिबिन्न पर्पन्च बुनेर सत्यनाश गर्नेछन त्यसकारण हे युवाहरु हो अब त उठ सङ्घर्ष गर्न सङ्घर्ष को दियो बाल्न सुरु गरौ ।सङ्घर्ष गर्न सिकौ अनि मात्र देशवाशिको भविस्य बन्ला ।जसरि कार्ल-मार्क्स लाई जर्मन सरकारले राजद्रोहको आरोप लगाइएको थियो तर सत्यको बिजय त अवश्य हुन्छ दिलो य छिटो भन्ने कुरा ईतिहासले वताइसकेको छ । अन्त्यमा म के भन्न चाहन्छु भने सच्चा देशभक्ति,अर्थि-क सम्बृद्दी देख्न चाहने हरु मित्रहरुलाई हिजो पनि राणा हरुले देशलाई अन्धकार तर्फ लगेकै हुन,शाह हरुले पनि देशलाई बर्बर अवस्थामा लगेकै हुन ।कांग्रेस,एमाले,एमाओवादी हरुले पनि देशलाई खोक्रो बनाइ ब्रमलुट गराएकै हुन ।हामी सोझा नेपाली जनतालाई धोका दिएकै हुन ।फेरी पनि हामिलाई उनिहरुले कुटेर्,पिटेर्,चोर्-गुन्डा लगाएर ,घर्-बैङ्क लुटेर उनिहरुले धोका नदेलान भन्न सकिने अवस्था छैन ।सबै राजनैतिक दलहरु आ-आफ्नो दुनो सोझाउनका लागी सकी -नसकी बल प्रयोग गरी रहेका छन ।हामिले हाम्रो अधिकार पाउनका लागी केहि न केहि सङ्घर्ष गर्नुपर्छ किनकी हामी देश बिकास गर्ने लक्ष्यमा अगाडी बढिरहेका छौ र अगाडी बढिरहन म सम्पूर्ण रास्ट्र भक्ती साथी हरुलाई हार्दिक अनुरोध गर्दछु । लेखक जन युनिटी को अपरेटिभ पार्टी नेपाल का केन्द्रिय सदस्य हुन । हरि प्रसाद अधिकारी साँखर —८, स्याङ्जा
Posted on: Thu, 05 Sep 2013 07:24:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015