राजनीति तथा अन्य धेरै - TopicsExpress



          

राजनीति तथा अन्य धेरै प्रकारले विभक्त नेपाली समाजलाई एक सुत्रमा जोड्ने मालाको रुपमा खेललाई विकास गरिनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । यस्तै खेलहरु मध्ये अन्तर्राष्ट्रिय रुपमा सबभन्दा बढी सफलता हासिल गरेको क्रिकेटमा आज नेपाली राष्ट्रिय टोली हङ्कङविरुद्ध ट्वान्टी २० विश्वकपमा सहभागिताको लागि स्थान पक्का गर्ने खेल्दैछ । र यदि नेपालले यस खेलमा जित हासिल गरेमा ट्वान्टी २० विश्वकपमा सहभागिता सुनिश्चति हुनेछ । आजको खेलले विश्वभर छरिएर बसेका नेपालीहरुलाई नेपाली हुनुको गर्व गराउनेछ । हामी सबै नेपालीहरु राष्ट्रिय टोलीको सफलताको कामना गर्दछौं र अन्तिम बलसम्म टोलीको साथ दिनेछौं । नेपालभित्र रहने दर्शकहरुले एनटीभी प्लसले बिहान ११४५ बाट गर्ने खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ ।
Posted on: Wed, 27 Nov 2013 02:59:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015