लगभग छ सात बर्षको फुच्चे - TopicsExpress



          

लगभग छ सात बर्षको फुच्चे निकै बेरदेखि हातमा एउटा खेलौना लिएर उभिरहेको थियो । सुपर मार्केटको त्यो भिडभाड छिचोल्दै म पनि त्यही पसलको अगाडी रोकिए । घर फर्कदा आफ्नो बच्चाको लागी एउटा खेलौना म पनि लिएर जाऊ भन्ने लाग्यो । मलाई त्याहाँ देख्नेबितिकै उक्त फुच्चेले केही अनुनयपुर्वक मेरो आँखामा हेर्यो । मलाई पनि सोधिहाल्न मन लाग्यो र सोधिहाले - " बाबु किन तिमि अगिदेखी यो खेलौना हातमा लिएर उभिरहेko ?? मलाई कुनै भरोसाको मान्छे झै लागेछ क्यारे उसलाई , त्यसपछि अगिदेखी फुङ्ग उडेको अनुहारमा केही चमक ल्याउदै उसले भन्यो -"हेर्नुस न अंकल यो दुकानदार दाईले मलाई यो खेलौना नदिने रे , मसँग भएको पैसा अपुग भयो रे , मेरो खुत्रुकेमा भएको पैसा नै यत्ति हो अनि फेरी मसँग भएको पुरा पैसा त दिई नै रहेको छु । प्लीज अँकल यो दुकानदार दाईलाई तपाई सम्झाईदिनु न । सारै नै टिठ लाग्दो गरी गरेको यो अनुरोधलाई मैले हार्न सकिन र भने -" ल भैगयो , ठिकै छ नि त , जे जति अपुग छ त्यो पैसा म पुरा गरिदिउला , अब त खुशी भयौ नि?" बरु भन न यो खेलौना तिम्रै लागि हो ?? फुच्चेले भन्यो -"नाई अंकल यो खेलौना मैले मेरी दिदिलाई उसको जन्मदिनको उपाहार दिनको लागि किन्दैछु ।" मलाई उसको यो जवाफले अचम्मित पार्यो , आफ्नो खुत्रुकेको पैसा निकालेर त्यो पनि दिदिलाई दिने उपाहारको लागि खर्च गर्देछ । यति छोटै कुराकानी र बार्तालापमै मलाई उ एकदमै अनौठो र प्यारो लागिसकेको थियो तसर्थ मैले एकछिन उसलाई हात समाएर मार्केटमै यताउता लिएर हिडे । यसरि हिड्ने क्रममा उसँग मेरो भलाकुसारी जारी नै थियो । फेरि मैले उसलाई प्रश्न गरे -"अनि खोई त तिम्री दिदि ?? किन तिमिसँग नआएकि ?? मेरो प्रश्नको जवाफ उसले एकै सासमा दियो -" मेरो दिदि त छ नि अंकल उ...... (आकाशतिर देखाउदै) मा....थी भगवानको साथमा आकाशको जुन र तारासँगै खेल्दे हुनुहुन्छ रे , मैले त मेरो दिदिलाई आजसम्म देखेको पनि छुईन । मेरो मम्मिले भन्नुभएको " पर्सिचाहि मेरी दिदिको जन्मदिन हो रे ।" मेरा सबै साथिले उनिहरुको दिदिको जन्म दिनमा किनिदिन्छन तर मैले त आजसम्म कुनै उपाहार नै दिन पाएको छैन । त्यसैको लागि खुत्रुकेमा जम्मा पारिराखेको थिएँ , अब यसपाली भने यो खेलौना नै भएपनि दिन पाउने भएँ । उसको यो अवोध जबाफले मेरो मुटु नै घोच्यो , कता कता घाँटीमा केही अड्किए झैँ भयो , अझ भनौ त मेरा पाईला नै असमन्जस्यमा परे । के भनौ के नभनौको दुविधामा परे । मलाई "यो सब भ्रम हो बाबु " भनेर उसलाई सम्झाउन बुझाउन मन लागेन किनकि यो सबै भ्रमको पर्दाफास गराएभने उ कति दुखीहुन्छ भन्ने कुराको कल्पना सम्म पनि मैले गर्न सकिन । तसर्थ यो गल्ती गरेर आफुलाई अपराधी बनाउने धृष्टता मेरो मानसपटलबाट हटाईदिए बरु आफु पनि ऊसँग उजस्तै अबोध बन्ने कोशिश गर्दे भने -" बाबु भगवान अनि त्यो जुन तारा त निकै टा.....ढा छ अनि त्यति टाढा तिम्रो यो उपाहार पुर्याउन त निकै गार्हो पो छ , कसले पुर्याईदिन्छ यो उपाहार , भैगो बरु तिमि नै राखेर खेलाउनु यो खेलौना , हुँदैन र ?? मेरो कुरा सुनेर उसले आफ्नो अनुहारमा कुटिल मुस्कान छर्दे भन्यो -" ल अंकल हजुरलाई थाहा नै रैनछ । मेरो ममी पनि भोली या पर्सिसम्म त्यही भगवान भएको ठाउमा जाहाँ मेरी दिदि आजभन्दा नौ दश साल पहिला जुन तारासँग खेल्न जानुभएको थियो त्यही जाँदै हुनुहुन्छ रे । अनि छ नि अंकल , यो कुरा मलाई हिजो मेरो बाबाले भन्नुभएको । मेरो बाबालाई पनि मम्मिको उपचार गर्ने हस्पिटलको डाक्टर अंकलले भन्नुभको रे । हेर्नुस न अंकल मेरो बाबा त कति छुच्चो हुनुहुन्छ , मलाई त मम्मीसँग जान नदिने रे । म त बाबासँगै बस्नुपर्ने रे । Moral - जति धेरै संसारलाई बुझ्न गहिराईमा डुब्दै जानुहुन्छ त्यति नै अथाहा पीडा र दुखहरुको भण्डार पाउनुहूनेछ । ........
Posted on: Sat, 06 Jul 2013 02:54:03 +0000

Trending Topics




© 2015