साईकलबाटै एकलाख - TopicsExpress



          

साईकलबाटै एकलाख किलोमिटरको यात्रा २०७० कार्तिक १ गते ९:४७ मा १ कातिक, काठमाडौ । ‘शान्ति र बातावरण संरक्षणको लागि साइकलबाट विश्व भ्रमण शुरू गरेका संखुवासभाका एक युवाले १ सय वटा देशको यात्रा पूरा गरेका छन् । संखुवासभाका फुर्तेम्बा शेर्पाले साइकलबाटै आफ्नो यात्राको १००औं देशको रूपमा लाइबेरिया पुगेका हुन् । ‘१००औ देशको यात्रा चुनौतिपुर्ण रह्यो । गल्ती घातक हुँदो रहेछ, लाईबेरियाको यात्रामा गलत बाटो रोज्नाले मैले ६ वटा ताल र ९ वटा नदि पार गर्नुपर्‍यो। ‘ फुर्तेम्बाले फेसबुकमा लेखेका छन्, ‘एकपटक त खोलाले बगाएर झन्डै ज्यान गयो । घाऊ चोट लागे पनि मैले सकुशल ग्रीनभिल सम्मको यात्रा तय गरें।’ news-Liberia1१० बर्षको उमेरमा जन्मथलो संखुवासभा छाडेर काठमाडौं पसेका शेर्पाले सडक बालकदेखि ब्यापारी सम्मको अनुभव बटुले । सन २००३ मा बुद्धको सन्देश र सगरमाथाको गौरव बोकेर विश्व शान्ति र बातावरण संरक्षणको सन्देश फैलाउन विश्व साईकलयात्रामा उनी निस्केका हुन् । जन्मथले संखुवासभा छोड्नुमा शेर्पाको उद्देश्य घरमा खाने मुख कम गराएर सम्भव भए गरिबीको चपेटामा रहेको आफ्नो परिवारलाई उकास्नु थियो । तर हात् मुख जोड्ने जोहो कपडा पसलको ब्यापार छाडेर २३ वर्षको उमेरमा साईकल लिएर यात्रामा निस्किएका उनले ६ वटै महादेशका १ सय देशको यात्रा पूरा गर्ने क्रममा १ लाख १ हजार ३१ किलोमिटर साईकल यात्रा पूरा गरिसकेका छन् । सय देशको यात्राको सफलताको श्रेय मुख्यतः संसारभरका नेपालीहरूलाई नै दिन्छन् साइकालयत्री शेर्पा । नेपालीहरूको साथ र सहयोगकै कारण यात्रा सम्भव भएको उनी बताउँछन । यात्राको १००औं देश लाईबेरियामा रहेका शेर्पाले अफ्रिकाका २९ वटा देशहरूको यात्रा चुनौतिपुर्ण रहेको बताए । भौगोलिक र सामाजिक बिकटता नै साईकलयात्रामा मूख्य चुनौति रहेको शेर्पाले खुलाए । बाटोमा चोरी, लुट्पाट र कुटाइसम्म भोगेका शेर्पा संसारका एक सय वटा देशको भ्रमण पूरा गर्न सकेकोमा दंग परेका छन् । News-Liberiaहाल लाईबेरीयामा सशस्त्र प्रहरी शान्ति सेनामा रहेका नेपालीहरूसँग बस्दै रहेका फुर्तेम्बा लाईबेरियाबाट अमेरिका र नेपाल जाने तयारीमा छन् । शेर्पा फाउन्डेसनमा रही अफ्रिकी साईकल यत्रामा बिगत २ वर्षदेखि सहयोग गर्दै आइरहेका साथीहरूसँग १००औं देशको सफलताको खुशी बाड्न शेर्पा पहिले अमेरिका जानेछन् । अमेरिकालगत्तै आफ्नो परिवार र नेपालीहरूलाई भेट्न उनी यात्रामा निस्केको ५ वर्ष पछि आफ्नो देश फर्किने छन् । दुई छोरीका बुवा फुर्तेम्बाका १२ र ८ वर्षका छोरिहरू र पत्नी बिनु गुरुङले उनलाई ५ वर्षपछि यसैपाली भेट्न पाउनेछन् ।
Posted on: Fri, 18 Oct 2013 17:00:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015