संविधानसभाको दोश्रो - TopicsExpress



          

संविधानसभाको दोश्रो निर्वाचन व्यापक जनसहभागिताका साथ मूलत: शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा सबै लाई धेरै बधाइ ! ० चुनावको नतिजा भोलि साँझ सम्म मूल रुपमा आउने हुनाले आजै अनुमानको चंगा उडाउनुको कुनै तुक छैन । तर कतिपय शक्तिकेन्द्रहरुद्वारा प्रायोजित केही पूर्वानुमान हेर्दा र सुन्दा उनीहरु नेपालमा यथास्थितिवादका कट्टर पक्षधर र परिवर्तनका विरोधी भएको सहजै बुझ्न सकिन्छ । ०गोरखामा यस पटक पनि एमाओवादीको वर्चस्व कायमै रहने देखेपछि आत्तिएका कांग्रेस-एमाले ले आफ्नो लज्जाजनक हारको लाज छोप्न हत्तपत्त हुँदैनभएको धाँधलीको आरोप लगाएर चुनाव विथोल्ने वा त्यो नसके एमाओवादीको शानदार जितलाई न्यूनीकरण गर्ने झिंगे दाउ हानेको प्रष्टै छ । कर्पोरेट मिडियाले त्यसलाई एकतर्फी रुपमा उचालेर प्रचार गर्नु अनौौठो विडम्वना भएको छ । ० जनताको मतले नै चुनाव जित्ने हो भने यस पटक एमाओवादीको जितलाई कसैले रोक्न सक्नेछैन । तर अरु नै तत्व निर्णायक हुने भए तत्काल यो पूर्वानुमानको जिम्मा श्री पशुपतिनाथलाई नै सुम्पदा होला कि ?
Posted on: Tue, 19 Nov 2013 16:39:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015