सेना र वाइसिएल छैन भनेर - TopicsExpress



          

सेना र वाइसिएल छैन भनेर नहेपः प्रचण्ड काठमाडौ, भदौ ५ – एकीकृत नेकपा माओबादीले आफूलाई कमजोर ठानेर कसैले दवाउन खोजे अन्तिम विद्रोह गर्ने चेनावनी दिएको छ । पार्टी फुटेको, जनमुक्ति सेना समायोजन भैसकेको, बाहिर रहेका पूर्व लडाकु पनि तितरबितर भैसकेको र वाइसिएल पनि निष्क्रिय भएको ठानेर चारै तिरबाट प्रहार गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले कसैले दबाउन खोजे अन्तिम विद्रोह गर्ने चेतावनी दिनुभएको हो । काठमाडौमा बुधबार भएको नेवा राज्य स्तरिय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफुहरुलाई कमजोर ठाने हातमा दही जमाएर नबस्ने भन्दै इँटाको जवाफ पथ्थरले दिने चेतावनी दिनुभयो । कार्यक्रममा एकीकृत माओबादीका नेता डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिहरुले शान्ति सम्झौता उलंघन गर्दै आफूहरु माथि निरान्तर आक्रमण गरिरहेको बताउनुभयो । मानवअधिकारका नाममा शान्ति सम्झौताको उलंघन गरे अफूहरु चुप लागेर बस्न नसक्ने र हजारौं मिलेर प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
Posted on: Wed, 21 Aug 2013 15:46:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015