हे नेता: मेरो गुनासो तँ - TopicsExpress



          

हे नेता: मेरो गुनासो तँ सँग। --निश्चल तिम्सिना ए नेता, शान्ति र सु-व्यवस्थालाई अस्त्र बनाइस,थुप्रै गरिस तैँले मन गढन्ते कुरा, मन-मनमा ढ्याङ्ग्रो ठोकिस,जीवनमा पटक-पटक भूकम्प ल्याइस्। सडक तताइस्, निन्द्रा खोसिस्,१० बर्षमा देशलाई सिँगापुर बनाउने सपना बाँडिस्, अस्थिर भविष्य दिइस्,थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुना-कन्दरा बाट समर्थन भेटिस, मुद्धा शान्तिको रट लगाइस, युवा शक्तिलाई बिदेशिन बाध्य बनाइस, गर्न सम्म गरिस हामीलाई थाङ्नामै सुताइस्। हुँदा हुँदा हामीबाट हाम्रो हिन्दुत्वको पहिचान खोसिस, धर्म निरपेक्षताको रट लगाइस, अनुदानको लोभमा बिदेशी प्रभु छिराइस, मन्दिरका ठाउँ चर्च बनाइस, सोझा-साझा दरिद्रहरुलाई दलालहरुले ठगि गर्दै कु-मार्गमा लगे, तँ टुलु-टुलु गोजी छाम्दै हेरिरइस, आमाको अस्तित्वनै सङ्कटमा पारेर थैली भर्ने द्रब्यप्रेमी अब भन तैँले के गरिस आमाका लागि? करोडौँ हिन्दुहरुका लागि? छि,यो प्रश्ननै गर्नु बेकार छ ,यस्को उत्तर त म तन्द्राबाट संसारमा आउँदा देखि नै धुइँधुइँती खोजेँ अझैसम्म पनि खोजिरहेकै छु । हँ, तपाईँ नजिक लुक्यो कि !हेरिदिनुस्,खोजिदिनुस्,पत्ता लगाइदिनुस् कतै दक्षीणे बाघले चोर्यो कि !कतै उत्तरे भालु आई लग्यो कि ! कतै लाजले भुतुक्क हुँदै हिँड्यो कि ! हे नेपाली हो , ऊ आउनु अघि नै हामीले, हामी भैसक्नु पर्थ्यो। हामी, हामी हुनका लागि यस जीवनयुद्ध मैदानमा आदिमकालदेखि कसरत गरिरह्यौँ तर, आजसम्म पनि हामी, हामी हुन सकेनौँ । उल्टै हाम्रो अस्तित्व खोस्दै गए अनि हामी लुटिँदै गयौँ? आज मनमा प्रश्नका भेलहरु उर्लन्छन, आखिर के पायौँ हामी हिन्दुहरुले? किन एकत्रित बनेर हिन्दुत्व अनि हाम्रो सनातन परम्परा माथि बार-बार प्रहार गर्दा पनि बिरोध गर्न सकेनौँ? अझै पनि१०० जना मान्छे बटुल्दा ८१/८२ जना हिन्दु भेटिन्छन् तर खै तिँ १८/१९ जनाको प्रतिकार गरेको? प्रिय भक्तजनहरु अझै केही बिग्रेको छैन, यो सबै भगवान भक्ति र ज्ञानको अभावमा भएको हो। अब हामी पहिले आफु ज्ञानी बनौँ अनि अरुलाई भगवानको अमृतमय ज्ञान स्तुती गराउँ। हरी ॐ तत्सत। सभ्य भाषामा सुझाब र प्रतिक्रियाको आशा गर्दछु।
Posted on: Tue, 27 Aug 2013 11:30:18 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
So Im about to board my plane to Italy, and honestly, I cant
Metro Nashville Public Schools is collaborating with Get Covered

Recently Viewed Topics




© 2015