Eman Mgr [[जिन्दगीको एक यात्रा]] - TopicsExpress



          

Eman Mgr [[जिन्दगीको एक यात्रा]] यात्राको यहि दौरानमा धेरै धेरै सँग परिचय भयो, मित्रता गाँसियो तरपनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्र भन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्मलाग्यो किनकि परिचय हुनु भन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो,मनमा तिमी मुस्कुरा आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद ग¥यो रमलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ?मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तरतिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार् लुकेको छ, मलाईयस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो । फुलिरहेको फुलमा भमराले छड्केनजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । फुलिरहको फुलमा भमराले छड्केनजर लगाउनु पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखी माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।...साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ बनाउन चाहन्न,नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त म सँग निश्चल एंव चोखो माया । त्यसैले मतिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मा सँग मेल छ ।प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीलेसँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातल भन्दा बाहिर टेकेर कसम खान चाहदैँन,शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाईमाया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई मभित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भनेविरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेम पत्रलाई बन्द गर्न चाहान्छु ll
Posted on: Sun, 15 Sep 2013 13:12:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015