Prem Pomu जनजाति समाज - TopicsExpress



          

Prem Pomu जनजाति समाज हाम्बर्ग जर्मनीले "१९ औ विश्व आदिबासी दिवस "भब्य रुपले मनाउने ! प्रेम पोमु हाम्बर्ग जर्मनी - पहिचान सहितको संघियता र संगीयता सहितको नयाँ संबिधान धर्मनिरपेक्ष्यता, स्वयतता, शु-सासन , र समानुपातिक प्रतिनिधित्वको खातिर , नेपाल आदिबासी जनजाति महासंघमा आबद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमै कृयाशिल नेपाल आदिबासी जनजातिहरु एकबद्धता भैरहेको अवस्थामा बिगत एक बर्ष अगाडी देखि सामाजिक कार्यमा पनि अत्ति नै कृयाशिल रहेको नेपाल आदिबासी जनजाति महासंघ च्याप्टर हाम्बर्ग जर्मनीले आउदो १७-अगष्ट २०१३ मा १९ औ विश्व आदिबासी दिवस मनाउने भएकोछ, विश्व आदिबासी दिवस हरेक बर्षको अगष्ट ९ मा मनाईने भएता पनि, उक्त कार्यक्रमलाई समय अनुकुल , मिलाई एक हप्ता पछाडी सारेर १७ अगष्ट २०१३ मा मनाउने तय भएकोछ ! हल्याण्डबाट मानबशास्त्री, साथै वर्ल्ड नेवा अर्गनाईजेशनका अध्यक्ष डा. बाल गोपाल श्रेष्ठ ज्युलाई उक्त समारोहमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएकोछ, १९ औ विश्व आदिबासी दिवस सम्पन्न पार्नको लागि नेपाल आदिबासी जनजाति महासंघ च्याप्टर हाम्बर्ग जर्मनीका बरिष्ठ सल्लाहकार, श्री गंगालाल श्रेष्ठ ज्युको संयोजकत्वमा १० सदस्य एक मुल ब्यबस्थापन समिति गठन गरिएकोछ, साथै उक्त कार्यक्रमलाई अरु बढि रोचक तथा पार्दर्शिपुर्ण बनाउनका लागि विभिन्न पाँच वटा उपसमितिहरु पनि गठन गरिएकोछ, जस्तै :- केन्द्रिय समितिका सल्लाहकार श्री पन्चकुमार राई ज्युको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति ,तमु समाजका सचिब श्री आस्मिंन गुरुङ ज्युको संयोजकत्वमा सास्कृतिक समिति जस्ले उक्त कार्यक्रममा विभिन्न जातिय भेषभुषा सहितको झाँकीहरुको ब्यबस्थापन गर्नेछ, साथै केन्द्रिय समितिका सल्लाहकार श्री सन्चमान लिम्बु साँबा ज्युको संयोजकत्वमा स्वयमसेवक समिति र केन्द्रिय समितिका सल्लाहकार श्री दावा गेल्जे शेर्पा ज्युको संयोजकत्वमा यातायात ब्यबस्थापन समिति गठन गरिएकोछ, र केन्द्रिय कोषाध्यक्ष श्री चिरन श्रेष्ठ र तमु समाजका सल्लाहकार श्री केश गुरुङ ज्युको संयोजकत्वमा सुरक्षा ब्यबस्थापन समिति गठन गरिएकोछ ! १९ औ विश्व आदिबासी दिबस सम्पन्न गर्न विभिन्न 13 ब्यापारिक संस्थाहरुले प्रायोजन ( sponsor ) गरेकोछ ! जसमा :- 1 Kirat Asia Imbiss , 2 Fewa Asia Imbiss 3 Tokyo Sushi bar , 4 Yak & Yeti Restaurant, 5 Sushi Thai Restaurant, 6 Schanzen Asia Imbiss, 7 Mr. Asia, 8 Misaki Sushi Restaurant, 9 Asia Quick, Nindorf 10 Nanglo Asia Imbiss 11 Asia Küche , Dawa Sherpa 12 bok Lieferservice Holstenstraße 13 Asia Lieferservice , Chiran Shrestha आदि रहेका छन् , कार्यक्रम भब्य रुपमा सफल पार्नका लागि जर्मनीमा रहनु हुने सम्पुर्ण प्रवासी आदिबासी जनजाति लगायत स्वदेशी तथा बिदेशी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी भैदिन हुन आयोजक कमिटि हार्दिक अनुरोध गर्दछ ! स्थान : W3 , Nernstweg 32 - 34 22765 Hamburg(Altona Station) Germany , मिति : 17 August, 2013 समय : बेलुकीको ठिक 7 बजे नेपाल आदिबासी जनजाति महासंघ च्याप्टर हाम्बर्ग परिवार, जर्मनी Nepal Ethnic Indigenous Soceity Hamburg, Germany
Posted on: Thu, 15 Aug 2013 20:38:27 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
Frustran robo de tráiler de minera Frisco en
LOL --- Baby got back

Recently Viewed Topics




© 2015