अर्काकी श्रीमती विवाह - TopicsExpress



          

अर्काकी श्रीमती विवाह गर्न नपाएपछि आत्महत्या ============================ २ असोज, जाजरकोट । अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको झोँकमा स्थानीय एक युवकले आत्महत्या गरेका छन् । सीमा गाविस-९ का २४ वर्षका उदय परियारले स्थानीय बजारमा पसल गरी बस्ने सल्यान बामे गाविसकी ३८ वर्षकी बिर्मी नेपालीसँग बिहे गर्न नपाएपछि झुन्डिएर आत्महत्या गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । बिर्मीका श्रीमान् केही समयअघि मात्रै वैदेशिक रोजगारमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अन्य स्थानीय तथा आफन्तले थाहा पाएपछि बिहे गर्न नसक्ने देखेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उदयका दुई छोरा र एक छोरी छन् । उदयकी श्रीमती २१ दिनकी सुत्केरी अवस्थामा छिन् । रासस
Posted on: Wed, 18 Sep 2013 06:58:07 +0000

Trending Topics



Recently Viewed Topics




© 2015