एमाओवादीले - TopicsExpress



          

एमाओवादीले प्रतिव्यक्ति एक लाख रुपैयाँमा मतदाता खरिद गर्‍योः नेपाल काठमाडौ, कार्तिक २६ - एमाले पोलिट्ब्यूरो सदस्य एवं निर्वाचन परिचालन कमिटीका प्रचार संयोजक प्रदीप नेपालले एमाओवादीले प्रतिव्यक्ति एक लाख रुपैयाँमा मतदाता खरिद सुरु गरेको आरोप लगाएका छन् । राजधानीमा मंगलबार अनलाइन पत्रकारहरुसँग कुरा गर्दै उनले चुनाव हार्ने निश्चित भएपछि भोट खरिदको रणनीति बनाएको आरोप लगाए । एमाओवादी जुनसुकै हथकण्डा लगाएर चुनाव जित्न चाहन्छ, उनले भने, एमालेले जित्ने क्षेत्रमा माओवादीबाट भोट खरिद सुरु भएको छ । नेता नेपालले भोट खरिद भएको क्षेत्रहरुको सूचना संकलन जारी रहेकाले केही दिनभित्रै सार्वजनिक गर्ने बताए । विशेषगरी एमालेले जित्ने क्षेत्र र एमाओवादीका केन्द्रीय नेताहरु हार्ने क्षेत्रमा पैसाको चलखेल भएको छ, उनले भने । निर्वाचन आयोगलाई एमाओवादीले आचारसंहिता उल्लंघन गरेका १५ वटाभन्दा बढी उजुरी बुझाए पनि ध्यानाकर्षण नभएकोप्रति उनले आश्चार्य प्रकट गरे । एमाओवादी दक्षिण एसियाको धनी पार्टी भएको यसअघि नै सार्वजनिक भएको उल्लेख गर्दै उनले द्वन्द्वकालमा लुटेका पैसा र लडाकुका नाममा उठाएको पैसाले प्रतिव्यक्ति एक लाख दिन उसलाई कुनै अभाव नहुने नेता नेपालले बताए । ९७ स्थानमा एमालेको सुरक्षित नेता नेपालले मंगलबार बिहान १० बजेसम्म एमाले ९७ स्थानमा सुरक्षित भएको दाबी गरे । म तपाईंहरुलाई अहिले बिहान १० बजेसम्मको सूचना तथ्यांकअनुसार स्पष्ट पार्न चाहन्छु एमाले ९७ स्थानमा विजयी भइसकेको छ, उनले तथ्यांक फुकाए, ८० स्थानमा प्रतिस्पर्धी छौं, ६३ स्थानमा हार्छौं । उनले एमालेका कुनै पनि शीर्ष नेताहरु नहार्ने दाबी दोहोर्‍याए । नेता नेपालले एमाओवादीका ठूला नेताहरुको प्रमुख चुनौति एमालेका स्थानीय उम्मेदवार नै भएको उल्लेख गरे । चाहे प्रचण्डको काठमाडौं १० र सिरहा ५ भन्नुस्, बाबुरामजीको रुपन्देही भन्नुस्, पोस्टबहादुर बोगटीको नुवाकोट नै किन नहोस्, सवै स्थानमा एमालेका स्थानीय लोकप्रिय उम्मेदवार चुनौति बनेका छन्, उनले भने । एमालेका शीर्ष नेताहरुलाई हराउन एमाओवादी र कांग्रेसबीचको समीकरण बन्नसक्ने खतरा उनले औंल्याए । हामीसँग त्यस्ता सूचना आएका छन्, उनले क्षेत्र नखुलाई भने, हेर्दै जानुस् सतहमा आउन सक्छ, यो निष्पक्ष निर्वाचनको सूचक होइन । एमालेका ठूला नेतको आक्रमणमा कांग्रेस मौन रहनु गम्भीर शंकाको विषय भएको उनले बताए
Posted on: Tue, 12 Nov 2013 09:05:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015