" कोक, फयान्टा रस्पाइटमा - TopicsExpress



          

" कोक, फयान्टा रस्पाइटमा भेटियो ज्यानैलिने अखाद्य बस्तु " काठमान्डौ, असोज ६ गते ।बोटलर्स नेपाललेउत्पादन गर्ने कोकाकोला, फ्यान्टा र स्प्राइटमा मानब स्वास्थ्यलाई गम्भीरअसर गर्ने अखाद्य बस्तु फेला परेको छ । बहुराष्ट्रिय कंपनी बोटलर्स नेपालले काठमाडौं स्थित बालाजु आद्योगिकक्षेत्रबाट उत्पादन गरेका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा दिनहँ जसो लेदो,प्लाष्टिक,खिया लागेका फलामका टुक्रा भेटिन थालेका हुन् ।काठमाडौंको कपन, बिशालनगर, नयाँबानेश्वर, डिल्ली बजार , ललितपुरको मंलबजारलगायतका स्थानहरुमा रहेका किराना पसलमा बेच्न पठाइएका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा लेदो फलामका टुक्रा,प्लाष्टिक जस्ता मानवस्वास्थ्यमा गम्भिर असर पर्ने अखाद्य बस्तु फेला परे पछि त्यस क्षेत्रका व्यापारी आतंकित बनेका छन् ।पसलमा रहेका फ्यान्टामा लेदो भेटिएको भन्दैबिहिबार त्यस क्षेत्रका व्यापारीले बोटलर्स कम्पनीमा उजुरी गरेका छन् । तर उजुरी लिएर गएका व्यापारीलाईकार्यालयमा समेत प्रवेश गर्न नदिएर गेटबाटै फर्काईएको व्याबसायीलेगुनासो गरे । बहुराष्ट्रियकम्पनीको उत्पादनको हवाला दिएर मानब स्वास्थ्यमा गम्भिर असर पर्ने पेय पदार्थ बिक्री गरेपछि बोटलर्स नेपालबिरुद्ध उपभोक्ता हित संरक्षण मंञ्च लगायतले कारबाहीको लागि बाणिज्यतथा आपुर्ती व्यवस्थापनबिभागमा पटक पटकदिएको उजुरीमा समेतकंम्पनीको प्रभाबमा परी सुनुवाई हुन सकेको छैन भन्दै आजको राजधानी दैनिकले यो खबर छापेको छ ।
Posted on: Sun, 22 Sep 2013 02:12:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015