काठमाडौं, असार ३१ - कतारका - TopicsExpress



          

काठमाडौं, असार ३१ - कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्माले सामाजिक सन्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरु लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निश्कासन गर्न पत्राचार गरेको स्वीकारेकी छिन् ।भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
Posted on: Mon, 15 Jul 2013 00:40:40 +0000

Trending Topics



ott Air Suspension C-2285
Hello Brethren, for u To be called to a life of extraordinary

Recently Viewed Topics




© 2015