काठमाडौं, आश्विन १० (ekantipur) - - TopicsExpress



          

काठमाडौं, आश्विन १० (ekantipur) - नेकपा-माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले आमहड्तालसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार पत्रकार सम्मेलन गरि मोर्चाले सशक्त विरोधका कार्यक्रम घोषणा गरेको हो । माओवादी सचिव देव गुरुङले घोषित संविधानसभा विथोल्न कात्तिक २५ देखि मंसिर ५ सम्म आमहड्ताल गर्ने घोषणा गरे । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यसअघि उम्मेदवारलाई चुनावमा भाग नलिन आग्रह गर्दै सचेतता पत्र पठाइनेछ । चुनावविरोधी मोर्चाले चार दलका शीर्ष नेता गएको जिल्ला बन्द गर्ने तथा उनीहरुको पुतला जलाउने कार्यक्रम पनि राखेका छन् ।
Posted on: Thu, 26 Sep 2013 12:20:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015