कोमल वली सद्भावना - TopicsExpress



          

कोमल वली सद्भावना पार्टीमा जाँदै ==================== काठमाडौं : लोकगायिका एवं सञ्चारकर्मी कोमल वली सद्भावना पार्टीमा प्रवेश गर्न लागेकी छन् ।उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गर्न लागेकी हुन् । उक्त पार्टी प्रवेशका लागि गायिका वलीले नेताहरुसँग छलफल पनि गरेकी छन् । नयाँ पत्रिका दैनिकका अनुसार महतोसँग अब एक पटक अन्तिम चरणको छलफल गरेपछि उनी औपचारिक रूपमा सद्भावना प्रवेश गर्ने छिन् । वलीले पनि सद्भावना पार्टीमा प्रवेशको लागि पार्टीका नेताहरूसँग कुराकानी भइरहेको बताएक छन् । आगामी मंसिर ४ गते संविधानसभा चुनावको मिति घोषणा भएपछि केही समययता कलाकार पनि विभिन्न पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । केही समयअघि चर्चित अभिनेत्री रेखा थापा एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् ।
Posted on: Sat, 29 Jun 2013 09:50:55 +0000

Trending Topics



Recently Viewed Topics



**

© 2015