के गर्दै छन, नुवाकोटका - TopicsExpress



          

के गर्दै छन, नुवाकोटका चोरहरु ... सँविधान त बनाउने होईनन यिनले तैपनी जनताको आँखामा छारो हाल्दै हिडेँका छन भतुवाहरु ....... नुवाकोट । गत संविधानसभा निर्वाचनमा पराजय ब्यहोर्नु परेपछि यसपटक जसरी पनि चुनाव जित्ने ध्याउन्नमा लागेका नुवांकोटका एक सभासदले सामान्य चुनावी भेलामा आएकालाई एकैदिन तिन लाख रुपैयाँको पेट्रोल बाँडेका छन् । नुवाकोट क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार बहादुरसिंह लामाले आइतबार कार्यक्रममा आएका आफ्ना कार्यकर्तालाई लाखौंको पेट्रोल बाँडेका हुन् । सदरमुकाम बिदुरमा भएको मोटर साइकल र्यालीका लागि ४ सय मोटरसाइकललाई चार लिटरका दरले पेट्रोल राख्न दिएर आफुले पैसा तिरेका हुन् । स्पष्ट र गतिलो कुनै आम्दानीको श्रोन नभएका लामा ठेकेदारी लगायतका काम गर्छन् । नेपाली कांग्रेस नगरस्तरीय निर्वाचन परिचालन समितिले आयोजना गरेको मोटरसाइकल र्यालीमा आएका जिल्लाका विभिन्न भागवाट आएका काँग्रेस कार्यकर्तालाई पेट्रोल निशुल्क दिएका उम्मेदवार बहादुर सिंहले सबैलाई जनहि एक हजार दिएको एक सहभागीले बताए । गत संविधानसभा निर्वाचनमा एकिकृत माओवादीका नेता पोष्ट बहादुर बोगटीसँग पराजित काँग्रेसका लामा सहित एमाले उम्मेदवार बिच यसपटक क्षेत्र नम्वर ३ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्वर ३ सँगै नुवांकोटको क्षेत्र नम्वर १ तथा २ मा समेत मूख्यत एकिकृत माओवादी र काँग्रेस बिचनै प्रतिस्पर्धा हुने देखिए पनि क्षेत्र नम्वर २ मा भने मात्र १ सय ४ मतले पराजित हित बहादुर तामांग यसपटक प्रचार र अभियानमा अगाडी देखिएको तथा २ नम्वर क्षेत्र तामांग बाहुल्य भएकाले काँग्रेस उम्मेदवार रामशरण महतलाई संविधानसभा २ निर्वाचन राजनीतिक छवि जोगाउने परिक्षा समेत बनेको देखिएको छ । यस्तै क्षेत्र नम्वर १ मा गत संविधानसभा निर्वाचनमा प्रतिद्धन्द्धि काँग्रेस नेता अर्जुन नरसिंह केसीलाई ८ हजार मत अन्तरले पराजित गरेकी एमाओवादी सभासद बिमला सुवेदी यसपटक समेत बाजी मार्ने दाउमा हुनुहुन्छ । तर नेता केसीको चुनावी दौड कसीलो बनेका कारण सुवेदीलाई जितको बिरासत जोगाउन मुश्किल बन्ने देखिन्छ । यस्तै राप्रपा नेता डा. प्रकाश चन्द्र लोहनी समेत हलो चुनाव चिन्ह सहित प्रत्यक्ष निर्वाचनमा होमिएका कारण लोहनीको दौडधुप समेत केसीको लागी भारी पर्ने देखिएको छ । पुराना राप्रपाका समर्थकले गत संविधानसभामा माओवादी साटो केसीलाइ मत दिएपनि लोहनीको राष्टिय छवि तथा उनले यस क्षेत्रमा ४ पटक पन्त्री हुँदा गरेका कामका कारण लोहनीको पुरानो मत फेरी फर्केमा चुनावी नतिजा नै उलट पुलट हुने देखिन्छ ।
Posted on: Mon, 04 Nov 2013 17:35:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015