खिलराज सरकार हटाउने उपाय - TopicsExpress



          

खिलराज सरकार हटाउने उपाय चुनावमात्रैः नेम्वाङ -चुनावविरोधीलाई पनि वार्तामा बोलाऔं संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले खिलराज रेग्मी नेतृत्वको सरकार हटाउने उपाय चुनावमात्रै रहेको बताएका छन् । दमकमा ईकान्तिपुर डट कमसँग मंगलबार बिहान कुरा गर्दै उनले रेग्मी सरकार हटाउने अरु उपाय तत्काल नभएको बताए । रेग्मी सरकार असंवैधानिक भन्दै आएका नेम्वाङले अब पछाडि फर्केर त्यसको आलोचना गर्ने भन्दा यसको सहज बहिर्गमनको बाटो अंगाल्नु राम्रो हुने बताए । अब पछाडि नफर्कौं उनले भने खिलराज सरकलाई हटाउने एक मात्र सजिलो उपाय निर्वाचन नै हो । त्यसकारण यो सरकारको बहिर्गमन चाहने सबै राजनीतिक पार्टीले निर्बाचनमा आउनुको विकल्प छैन । निर्वाचन विरोधी दललाई सरकारले तुरुन्त वार्तामा बोलाउनु पर्ने नेम्वाङले बताए । एउटा ठूलो समूह निर्वाचनको विपक्षमा उभिएर गरेको निर्बाचनले मुलुकको संक्रमणकालको अन्त्य गर्न नसक्ने नेम्वाङको भनाइ छ । नेम्वाङले मोहन वैद्यहरुलाई वार्तामा बसाएर उनीहरुको प्रस्तावमा छलफल गर्नु पर्ने बताए । यो प्रक्रियामा उनीहरुलाई सहभागी गराउनका लागि उनीहरुका प्रस्ताव के हुन्छन् त्यसमा छलफल गर्नु पर्छ, नेम्वाङले भने ।
Posted on: Tue, 05 Nov 2013 03:14:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015