गोर्खे अभिवादन खासै भनौ - TopicsExpress



          

गोर्खे अभिवादन खासै भनौ भने लेखेर भन्ने केही कुरा होइन सबैले बुझेको देखेको कुरा हो तर मुखमा गोर्खाल्याण्ड भन्ने शब्दले बुच्चो लागेकोले कोही बोल्ने पक्षमा छैन। युवा अनि बिद्यार्थी मोर्चाले जुन नारा लगायो यो समयको मांग अनुसार माथिलो तहका नेताको आदेश अनुसार नै लगाइएको हो यसको कारक तेलंगाना मात्र चाही होइन यसको कारक केहि तह सम्म आफ्नु गल्ति गो.क्षे.प्र साथै गोरामुमोको चल्मलाहट अनि प्रो. लामाले नेतृत्व हाइज्यक गर्ने डर पनि हो। जुन हिसाबले मोर्चा प्रवक्ता हर्क बहादुरले लामालाई दिल्लीले चलाई रहेको कुरा गर्दैछ त्यस हिसाबले राजनीतिमा नभएको प्रो. लामाको डर पनि खुल्ला देखिंदैछ। अब यो युवा अनि बिद्यार्थी मोर्चाको आन्दोलनको विश्वसनीयता कती छ भन्ने धेरै छन जसले सगाउने वा साथ दिने पनि होइन उसले पनि यस्तै प्रश्न तेर्साउनु सम्म तेर्साउदै छ। मेरो बिचारमा अहिले GTA मुर्दाबाद WE WANT GORKHALAND को नारा लगाई रहेको भए पनि नारा लगाउन लगाउने केहि माथिलो तहका नेतृत्व इमान्दार नभए पनि समर्थक अनि यसको केहि तल्लो तहका नेता भने इमान्दार छ, यसपल्ट इनिहरुले धोका खाए यसको ब्याक फायर चाही घिशिंग भन्दा ठुलो हुन्छ भन्दा अतियुक्ति नहोला । यसपाली चाहे आफ्नु नेतालाई सर्वोपरी माने पनि युवा अनि बिद्यार्थी नेताहरु पहिले जस्तो धोका खाने मुडमा देखिएको छैन शायद पहिले घोषणा गरेको आन्दोलन घोषणा सम्म सिमित रहेकोले होला... गोजमुमो भित्र सिक्काको दुइ पाटा झैँ भएको कुरा धेरै पल्ट सुन्नमा आएको वा खबरकागतमा पढ्नु भएको होला हुनसक्छ यसपाली पनि एक समुह बंगाल पन्थी स्वार्थिबर्गले गोक्षेप्र नै चलाउने पक्षमा बसेर यो तेलंगाना गठनको फाइदा क्षमता, बिभाग बढाउन र केहि तराई/दुअर्सको मौजा गोक्षेप्र क्षेत्रमा अन्तर्भुक्त गर्न लगाएर बिकाश नै गरौ, आर्थिक सम्पन्न नै बनौ भनि गोर्खाल्याण्ड आन्दोलन नगर्ने पक्षमा अढिक होला रहल बाँचेको अर्को समुह जो खाँटी भूमिपुत्रहरु छन लालच छोडी गोर्खाल्याण्डको आन्दोलनमा ओर्लिएला। तर के गोर्खाल्याण्डको निम्ती आन्दोलन होला र ??? उत्तर अब जनताको हातमा छ जनताले चाहे आन्दोलन हुन्छ, गोर्खाल्याण्ड राज्य गठन पनि हुन्छ नचाहे त्यो बंगाल पन्थी स्वार्थीहरुको दासत्वमा जीवन जिउनु बाध्य हुन्छ। अंग्रेजीमा के भन्छ नि "बल इज ओन योर कोर्ट"....... बाँकी रह्यो बिपक्षी जो चाही एउटा मात्र मुद्धा गोर्खाल्याण्ड भन्ने गर्छ, सो गोर्खाल्याण्ड पन्थी दलहरुको चालामाला हेर्दा त इनिहरु गोर्खाल्याण्ड मांग्नु भन्दा मोर्चाको दोष केलाउनुमा मात्र व्यस्त भयो। समय बिते पछि हेन भएन तेन भएन भन्नु मात्र भो आन्दोलन के गर्थ्यो र?? अन्य दलहरुले गोर्खाल्याण्ड मात्र मोर्चाको मांग हो भने जतिकै गर्नु के उचित हो र?? आफुहरु न आन्दोलनमा सगाउछ न आफै आन्दोलन गर्छ भनेपछि काम बिग्रेर यस्तो गरेन त्यस्तो गरेन भन्नु मात्र गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन हो त?? हुनसक्छ यो मेरो लेख कसैलाई मन नपर्ला तर केहि दुःख मन छैन जो सत्य हो त्यहि लेखि दिए। गोर्खाजातीको चिनारी हाम्रो मांग गोर्खाल्याण्ड गोर्खाल्याण्ड। जय गोर्खा
Posted on: Sun, 21 Jul 2013 12:34:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015