जयपुरदेखि - TopicsExpress



          

जयपुरदेखि मथुरा-वृन्दावनसम्म: अक्टोबर २3, २०१३ का दिन एकाबिहानै ५.३० को बस (UP Roadways) बाट हिडेका हामि जयपुरबाट मथुरा आइपुग्दा झन्डै १० बजेको थियो/ UP को छनक देखिहालियो/ होटेल खोज्नमा धेरै शमय खर्चिनु पर्यो/ जे होस् बल्लतल्ल होटेलको ब्यबस्था गरि हामि भगवान श्रीकृष्णको ज्न्मस्थली र लिलाभूमिको घुमघामका लागि निस्कियौ/ मथुराबाट झन्डै १० कि.मि. जतिमा यमुनानदी (श्रीकृष्णलाइ पिता बासुदेवले टोकरीमा राखी तारेको नदि) को पारिपट्टिको तटमा पर्ने गोकुलधामबाट हाम्रो घुमाइ सुरु हुन्छ/ Guide ले वाचन गरेअनुसार - ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता, ज्ञान, विज्ञान, जीवन, मोक्ष, कर्तव्य, ध्यान पूजा आदिको विश्लेषक, अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवजातिको रक्षा गर्नुहुने, सांसारिक दुनियाका महान गुरु तथा आध्यात्मिक प्रेरणाका स्रोत, हरेक आत्माका नायक, प्राणबन्धु, गरिब-धनी दीन:दुखि सबैका साथि, कर्मयोगी, चक्रधारी, छलिया, रसेश्वर, एक शरारती माखनचोर तरपनि पूर्णतया निर्विकारी चैतन्यस्वरूप, बालगोपाल श्रीकृष्ण भगवानकि जय! भन्दै अनि Guide को भाबभंगीअनुसार दुवै हात माथि उठाएर आहाहा... आहाहा... आहाहा... गर्दै हाँस्दै सुरु भएको गोकुल परिक्रमाको क्रममा भगवान श्रीकृष्णले बाल्यकाल बिताएका स्थलहरु, मखन चोरेर भागेका गल्लीहरु लगाएत बाललिला सम्बन्धि मठ, मन्दिर र मुर्तिहरु समेत हेर्न देख्न पाइयो/ केवल ब्राह्मणहरुकोमात्र बसोबास भएको यस क्ष्ँेत्रमा लसुन, प्याज, मासु, मदिरा आदि खाले तामसी खानपिन बर्जित रहेछन्/ गाईको बेचबिखन समेत नहुने र बृद्ध भए पश्च्यात गौशालामा राखिने व्यबस्था गरिएको रहेछ/ हालमा झन्डै २५००० गाईहरू यसप्रकारको गौशालामा रहेको कुराको समेत जानकारी पाइयो/ सर्वधर्मानपरित्यज्य मामेकं शरणं व्रज/ अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:// (श्रीमद्भागवतगीता, अ. १८, श्लोक ६६), अर्थात् सम्पूर्ण धार्मिक कृत्यहरूलाई त्यागेर तिमी केवल मेरो शरणमा आऊ/ म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गरिदिनेछु/ तिमीले शोक नगर/ भनि भगवान श्रीकृष्णले स्वयम् उहाँका मुखारविन्दबाट श्रीमद्भागवतगीतामार्फत दिएको संदेशश्लोक वाचनकासाथ् आहाहा... आहाहा... आहाहा... गर्दै हाँसीखुसीकासाथ् गोकुलधामको हाम्रो यात्रा टुंगिन्छ/ गोकुलबाट मथुरा फर्केपछि, १४ कि.मि. पर रहेको भगवान श्रीकृष्णले किशोरावस्था बिताएको पवित्र स्थल ब्रिन्दाबन तर्फ लागियो/ बिरलामन्दिर, बांकेबिहारीमन्दिर, श्रीरंगनाथमन्दिर, राधारमजिमन्दिर, गितामंदिर, प्रेममन्दिर, हरेकृष्णमन्दिर आदिको दर्शनपछी फर्केर यमुना नदीको किनारमा अवस्थित पवित्र मथुरा नगरीमा रहेको भगवान श्रीकृष्णको जन्ममन्दिरको दर्शन गरियो/ पहिलेको श्रीकृष्ण जन्ममन्दिरलाइ मुसलमान बादशाह औरंगजेवले नष्ट गरेर त्यसठाउमा ठुलो मस्जिद बनाएका रहेछन्/ हालको मन्दिर पछी निर्माण भएको रहेछ जसलाई ‘जन्मभूमि’ वा ‘केशवमन्दिर’ पनि भनिदो रहेछ/ बेलुकी ८ बजेसम्म घुम्दा पनि झन्डै ५५०० मठमन्दिर रहेको मथुरावृन्दावन (ब्रजमण्डल) एकदिनमा घुमेर, हेरेर, दर्शन गरेर भ्याउने कुरै थिएन/ अक्टोबर २४, २०१३ का दिन बेलुकि ११ बजेको मथुरा – गोरखपुरको रेलटिकट भएतापनि ज्यादै लामो यात्रा भएछ, थकित महसुस भएका कारणले त्यसलाई खारेज गरी त्यसैदिनको बेलुकी १० बजे मथुरा-लखन हुदै गोरखपुरको फिर्ती टिकट मिलाएका थियौ/ झण्डै ४५, ५० र २५ कि.मि. टाढा रहेका दर्शनीए ठाउहरु क्रमश: नन्दगाउँ, बरसाना, गोबर्धनपर्बत आदि घुम्ने हेर्ने र दर्शन गर्ने धोकोलाई समयभावकाकारण थाति राख्नु पर्यो/ केहि ठाउँमा बाहेक, Auto Rickshaw/Taxi Driver, Tour Guide देखि पण्डासम्मको सिन्डिकेटले रुवाउदो रहेछ/ अन्यठाउको तिर्थस्थलकोझैँ साफसुधरा व्यवहार पाइएन यहा/ पितृ देखि परिवारप्रतिको मनोभावना (Sentiment) लाइ मोहरा बनाई दानदक्षिणाको मोलतोलाई गरेर धर्मको ब्यापार गर्नेहरुको घुइंचो देख्दा दिक्क पनि लाग्यो/ पूर्णतया निर्विकारी चैतन्यस्वरूप भगवान श्रीकृष्णको अत्यन्त प्यारो भूमि वृन्दावनलाइ त्यहाका Tour Guide लगाएत पण्डाहरुले यसरी अविवेकपूर्ण तरिकाले ब्यापारिक थलो बनाइ श्रीकृष्णको कर्म र धर्मलाइ बेची खाएकोमा रत्तिभर चित्त बुझेन/ हाम्रा माहाकाबी लक्ष्मीप्रसा देवकोटाले शायद यिनै अधर्मीहरुलाई लक्षित् गरी ठिकै भनेका रहेछन् – ‘आखिर श्रीकृष्ण रहेछ एक, न भाक्ति भो, ज्ञान, न भो विवेक...’/ जय होस् ! मंगल होस् !!
Posted on: Mon, 02 Dec 2013 17:51:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015