झुक्किएर एसिड - TopicsExpress



          

झुक्किएर एसिड पिउँदा खोटाङ, मंसिर ९ – झुक्किएर एसिड पिउँदा खोटाङमा एक युवा गम्भीर बिरामी बनेका छन् । ड्यूको बोतलमा राखिएको एसिडलाई पानी ठानेर पिउँदा रतन्छा २ का जितेन्द्र राई गम्भीर बिरामी परेको स्थानीयबासिन्दाले बताएका छन् । एसिड सेवनबाट गम्भीर बिरामी बनेका राईलाई तत्काल हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छिमेकी भक्त राईले बताउनुभयो । औषधि खाने क्रममा आईतबार बिहान एसिड सेवन गरेका राईको काठमाडौंस्थित ओम अस्पताल चाबहिलमा उपचार भइरहेको छ । दिक्तेलमा कपडा व्यवसाय गर्दै आएका राईले टेबलमा राखिएको एसिड औषधिसँग पिएको आफन्तको भनाई छ । राईले सोलारको व्यवसाय सञ्चालन गर्दै आएका घरमुलीले ड्यूको बोतलमा राखेको एसिड झुक्किएर पिउनु भएको थियो ।
Posted on: Mon, 25 Nov 2013 03:15:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015