तेजाब खन्याइएकी - TopicsExpress



          

तेजाब खन्याइएकी बालिकाको उपचारमा समस्या झापा, साउन । छ महिनाअघि छिमेकी युवाले शरीरमा खन्याएको तेजाब (एसिड)बाट घाइते भएकी बिर्तामोडकी एक बालिकाको खर्च अभावमा उपचार नहुँदाघाउ पाक्न थालेको छ । शनिश्चरे–७ की ३१ वर्षीय गोमारिजाल र उनकी ८ वर्षीया छोरी उमा रिजाललाई गत फागुन १० गते मध्यरातमा सुतेको मौका छोपी शनिश्चरे–८ का २५ वर्षीय पासाङ दोर्जे र १७ वर्षीय सन्दीप पौडेललेतेजाब खन्याएका थिए । तेजाबबाट गोमाको अनुहार, घाँटी र छाती जलेको थियो भने छोरी उमाको दाहिने हात जलेको थियो । सोही कारण एक महिनाअघि गोमाको मृत्यु भइसकेको छ । उनकी छोरी उमा यतिबेला उपचार अभावमा घाइते अवस्थामा छिन् । छ वर्षअघि मोटरसाइकल दुर्घटनामा बाबु गुमाएकी उमाले आमासमेत गुमाएपछि असहाय बन्नु परेको छ । घाइते उमाले उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेकी छन् । ‘बालखा बैनी ऐया ऐया भन्दै रुन्छे, हात सबै पाकिसक्यो तर उपचार गर्ने पैसा छैन,’ जेठी छोरी निशाले रुँदै भनिन्– ‘हामी बेसहारा भयौँ ।’ उनले आफूहरुसँग सम्पत्तिको नाममा त्यही घरबाहेक केही नभएको र घर पनि हजुरबुबा र ठूलोबुबाले जिल्ला मालपोत कार्यालयमा गएर रोक्का गरिदिएकाले झन् समस्या भएको बताइन् । उनले भनिन्– ‘मजदूरी गरेर भए पनि बहिनीहरुको लालनपालन त गर्थेँ तर बहिनीको उपचार गर्न समस्या भयो ।’ उनले आफ्नो बहिनीलाई उपचारमा सहयोग गर्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग अनुरोध गरेकी छिन् । घटनापछि उमा र उनकी माहिली दिदी निता स्कुलसमेत जानपाएका छैनन् । हाल पूर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरु तामाङ र पौडेल गोमाको मृत्युपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला कारागार झापामा रहेको प्रहरीले जनाएको छ ।
Posted on: Thu, 15 Aug 2013 13:04:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015