त्रिभुवन विमानस्थलमा - TopicsExpress



          

त्रिभुवन विमानस्थलमा जेट विमानले कुकुर कुल्चिँदा ठूलो दूर्घटना हुन बाट जोगियो ८ कात्तिक, काठमाण्डौं । फ्लाई दुबईको जेट विमान उडान भर्न तयार भयो । १ सय ७१ यात्रु बोकेको जहाज धावनमार्गमा तीव्र गतिले कुद्न थाल्यो ।ठ्याक्कै धती छाड्ने बेला अचानक एउटा कुकुर दौडँदै आयो र अगाडीको पांग्रामा ठोक्कियो । कुकुरलाई कुल्चेर क्षतविक्षत पार्दै जहाज उड्नै लाग्दा पांग्रामा त्यसका अंगप्रत्यंग भुन्डिएका थिए । यो घटना हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको, जहाँ कुकुरले बाटो काटेपछि धावनमार्ग छाड्नै लागेको जहाजमा इमर्जेन्सी ब्रेक लगाउनुपर्‍यो । सय मिटर पर गएर जहाज बल्लतल्ल रोकियो । कोटेश्वरतर्फ जुन विन्दुमा जहाज रोकिएको थियो, धावनमार्ग त्यहाँबाट २ सय मिटरमै सकिन्छ । ‘झ्याप्पै नरोकेको भए ठूलो दूर्घटना हुन्थ्यो,’ एक वरिष्ठ पाइलट (क्याप्टेन)ले भने, ‘ठूलो जहाजका लागि दुईसय मिटर भनेको एक सेकेन्ड पनि होइन । धन्न, जहाज रोक्न सकियो ।’ उत्तिखेरै कुकुरको पछिपछि दौडँदै धावनमार्ग छिरेका दुईटा स्यालले पनि फ्लाई दुबईको बाटो काटेका थिए । ती स्याल भने रौं बराबरले जोगिए । कात्तिक ४ गते सोमबार राति पौने ११ बजेको यो घटनापछि फ्लाई दुबईको ‘एफजेड ५७४’ उडान नम्बरको जहाज डेढघन्टासम्म विमानस्थलमै अड्किएको नागरिक दैनिकमा खबर छ । प्राविधिक पक्ष जाँच गरी मध्यरात सवा १२ बजे उक्त विमान दुवई उडाइएको थियो । जहाज ठूलो भएकाले ‘अपर्झट आइपरेको संकट’ पाइलट टोलीबाहेक कसैले पनि थाहा पाएन् । खालि उड्नै लागेको जहाज किन रोकियो भन्ने अन्योल यात्रुहरुमा भइरह्यो । जहाजका क्याप्टेन फिल्हो वेर्नरले पांग्रामा केही ठोक्किएको जानकारी टावरलाई गराए । र, जहाज फर्काएर पार्किङ वेमा ल्याए । त्यसपछि फ्लाई दुवई र विमानस्थलका कर्मचारी तथा सुरक्षार्कीले पांग्रामा अड्किएको मरेको कुकुर झिएका थिए
Posted on: Fri, 25 Oct 2013 11:15:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015