दिउसो शान्त राजधानीमा - TopicsExpress



          

दिउसो शान्त राजधानीमा साँझ तोडफोड, आगजनी र वम आतङ्क काठमाडौ, २६ कार्तिक । काठमाडौं, २६ कार्तिक । दिनभर शान्त रहेको राजधानीमा अहिले बेलुका विभिन्न ठाउँमा आगजनीका घटना बढ्न थालेका छन् । अहिले राजधानीका विभिन्न ठाउँमा ट्याक्सी र गाडीहरुमा तोडफोड हुनुका साथै केही ठाउँमा वम फेला परेका प्रहरीले जनाएको छ । केही बेर अगाडि राजधानीको नक्साल भाटभटेनी नजिक एउटा ट्याक्सीमा आगजनी गरिएको छ । त्यसैगरी महाराजगञ्ज चक्रपथ नारायणगोपाल चोकमा पनि एउटा ट्याक्सी जलाइएको छ । त्यसैगरी कलंकीमा पनि एउटा गाडीमा आगो लागेको छ । प्रहरीले सुन्दरीजलमा वम भेटिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । मंगलबार विहान राजधानीका केही स्थानमा गाडीमा तोडफोड र आगजनीका घटना भए पनि दिनभर सामान्य रहेको थियो । आज केही भाडाका सवारीसाधनहरु सूचारु भएका थिए । साझा यातायातले भने सोमवारदेखि नै आफ्नो सेवा सूचारु राखेको थियो । आज राजधानीमा केही टेम्पोहरु, बसहरु र निजी सवारी साधनमरु पनि संचालन भएका थिए । केही सवारी साधनहरु संचालन भए पनि बन्दकर्ताहरुले मंगलबार दिउँसो राजधानीका नारायणथान, ग्रिनल्याण्ड, धापासी, बुढानिलकण्ठमा ट्याक्सीमा तोडफोड गरेका छन् । त्यस्तै लाजिम्पाटमा एउटा सफा ट्याम्पोमा तोडफोड गरिएको छ । मंगलबार विहान पनि पुरानो बानेश्वरमा एउटा टेम्पोमा तोडफोड गरिएको थियो । त्यसैगरी बन्दकर्ताहरुले गोंगबुमा एउटा निजी कार र कपनमा एउटा ट्याक्सीमा आगजनी गरिएको छ । बन्दकार्यमा सम्लग्न भएको भन्दै प्रहरीले राजधानीको कपनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन रम्तेल र सुरेन्द्र महर्जन रहेका छन् । त्यस्तै बालाजु कुमारीपाटिबाट प्रहरीले ३ जना सिविल प्रहरीलाई नै पक्राउ गरेको छ । त्यसैगरी काठमाडौको कीर्तिपुरमा मंगलबार दिउसो एउटा ट्याक्सी तोडफोड गरिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी क्लब अगाडी बा १ ज ७८४० नम्बरको ट्याक्सी तोडफोड भएको हो । काठमाडौकै थापागाँउ, सेतो पुलमा दुई वटा ट्याक्सीमा तोडफोड गरिएको छ । त्यसैगरी मंगलबार भक्तपुरको लोकन्थलीमा अरनिको यातायातको एउटा गाडी वन्दकर्ताले जलाएका छन् । त्यसैगरी यस्तै, कलंकी खसी वजार पुलमा र नयाँबजार चौमाटी पुल नजिकै भेटिएका संकास्पद वस्तु नेपाली सेनाले निस्क्रीय पारेको वताइएको छ । साभार : sancharkendra
Posted on: Wed, 13 Nov 2013 01:41:06 +0000

Recently Viewed Topics




© 2015