दक्षिण एशियामा नेपाली - TopicsExpress



          

दक्षिण एशियामा नेपाली फुटवलको स्तर खस्कँदो फिफा बरियतामा भुटानबाहेक सबैले जित्यो ========================== विश्व फुटवलको वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटवलको नियमनकारी निकाय फिफाले बिहीबार जारी गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल झर्दै १ सय ७० औं स्थानमा पुगेको हो । झण्डै एक वर्षपहिलेसम्म फिफाको बरियता क्रममा दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा रहेको नेपाल अहिले भुटान भन्दा मात्र अघि छ । यसले नेपाली फुटबलको स्तर खस्कदै गएको प्रष्ट देखाएको छ । भुटान विगतमा झै पुछार अर्थात २ सय ७ औं स्थानमा छ । एक स्थानमाथि उक्लिएको श्रीलंका नेपाल सरह १ सय ७० औं स्थानमा आएको छ । दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा अफगानिस्तान आएको छ । एक स्थानमाथि उक्लिएको २ सय १४ अंकका साथ अफगानिस्तान १ सय ३९ औं स्थानमा छ । भारत १ सय ४५, माल्दिभ्स १ सय ५३, बंगलादेश १ सय ५८ र पाकिस्तान १ सय ६७ औं स्थानमा छ । स्पेन शीर्ष स्थानमा कायमै छ । शीर्ष वरियताको १२ औं स्थानसम्म कुनै परिर्वतन भएको छैन । जर्मनी दोस्रो, कोलम्बिया तेस्रो, अर्जेन्टिना चौथो र नेदरल्याण्ड पाँचौं स्थानमा छ । इटली छैटौं, पोर्चुगल सातौं, क्रोएशिया आठौं र ब्राजिल नवौं स्थानमा कायमै छ ।
Posted on: Thu, 08 Aug 2013 10:15:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015