दमक । झापाको दमकमा दमक - TopicsExpress



          

दमक । झापाको दमकमा दमक गोल्डकप २०७० हुने भएको छ । दमक १० का फूटवल खेलाडी मणि राईको स्मृतिमा दमक आगामी कार्तिकको पहिलो सातादेखि अन्तर्रा आमन्त्रण फूटवल प्रतियोगिता हुने भएको हो । दमक फूटवल क्लवले आयोजना गर्ने सो प्रतियोगितामा भारत, भुटान र देशका उत्कृष्ट ८ वटा टिमहरूको सहभागिता रहने क्लवका अध्यक्ष मोहन मगरले जानकारी दिए । प्रतियोगितामा चर्च ब्वाइज काठमाण्डौं, कञ्चनजंघा स्पोर्टिङ क्लव भारत, फेन्स क्लव भुटान, दमक फूटवल क्लव, विराटनगर स्पोर्टस् क्लव, धरान फूटवल एकेडमी, एपिएफ र मुनाल क्लव चन्द्रगढी सहभागी हुनेछन् । स्थानीय सरस्वती मा.वि.को खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिता पूर्वकै उत्कृष्ट खेल हुने शनिवार क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको विजयी टीमलाई नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सहसचिव दिपेन्द्र तिवारीले जानकारी दिए । खेल सम्पन्न गर्न साढे सात लाख रूपैयाँ खर्च लाग्ने अनुमान क्लवले गरेको छ । क्लवले खेल सम्पन्न गराउन सवै क्षेत्रबाट सहयोग जुट्ने विश्वास लिएको पत्रकार सम्मेलनमा बताइयो । #सोरभ
Posted on: Mon, 16 Sep 2013 04:53:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015